अमेरिकी आक्रमण र इरानी चेतावनीसँगै तनाव उत्कर्षमा « Khabarhub

अमेरिकी आक्रमण र इरानी चेतावनीसँगै तनाव उत्कर्षमा


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिका र इरानबीच जारी युद्धले मध्यपूर्वमा तनाव झन् तीव्र बनाएको छ । पछिल्ला घटनाक्रममा अमेरिकी हवाई आक्रमण विस्तार हुनु, इरानको कडा प्रतिकार चेतावनी, हुथी विद्रोहीको समुद्री गतिविधि, कुवेतको हवाई सुरक्षा सक्रिय हुनु तथा तेलको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ ।

अमेरिकी सेनाले लगातार १२औँ रात इरानी सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार आक्रमण अभियान निरन्तर जारी छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले दक्षिणपश्चिमका रामसिर र अहवाज सहर तथा खाडी तटीय बुसेहर प्रान्त अमेरिकी क्षेप्यास्त्र आक्रमणको निशानामा परेको बताएका छन् ।

यसैबीच, अमेरिकी ऊर्जा मन्त्रालयले साउदी अरेबियासँग नागरिक आणविक सहयोगसम्बन्धी ऐतिहासिक सम्झौता भएको घोषणा गरेको छ । उक्त सम्झौताले साउदी अरेबियामा नागरिक आणविक कार्यक्रम विकासका लागि कानूनी आधार तयार गर्ने जनाइएको छ । अमेरिकाले सम्झौतामा आणविक हतियार प्रसार रोक्न आवश्यक सुरक्षा प्रबन्ध समावेश गरिएको जनाएको छ।

यता, कुवेतको सेनाले इरानी आक्रमणपछि बिहीबार बिहान आफ्नो हवाई प्रतिरक्षा प्रणालीले शत्रुपक्षका ड्रोनहरू अवरोध गरेको जनाएको छ । सेनाले सुनिएका विस्फोटहरू हवाई प्रतिरक्षा प्रणालीले ड्रोन खसाल्दा भएको स्पष्ट पारेको छ ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले इरानी पूर्वाधारमाथि आक्रमण गरे त्यसको शक्तिशाली र निर्णायक जवाफ दिइने चेतावनी दिएका छन् । अमेरिकाले हर्मुज जलघाँटीमा लक्षित प्रत्येक जहाज आक्रमणको बदलामा इरानका पुल वा विद्युत् केन्द्र ध्वस्त पार्ने चेतावनी दिएपछि उनको प्रतिक्रिया आएको हो । इरानको रक्षा सिद्धान्त ‘जस्तो आक्रमण, त्यस्तै प्रतिकार’ भएको अराघचीले बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि हर्मुज जलघाँटीमा कुनै पनि जहाजमाथि आक्रमण भए त्यसको बदलामा इरानको एउटा पुल वा विद्युत् केन्द्रमा आक्रमण गरिने चेतावनी दोहोर्‍याए। उनले युद्धमा अमेरिकाले हालसम्म ३७ अर्ब ५० करोड अमेरिकी डलर खर्च गरिसकेको उल्लेख गर्दै आवश्यक परे थप कदम चालिने बताए ।

यमनका इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा साउदी कम्पनीको एउटा तेल ट्यांकरमा आक्रमण गरेको दाबी गरेका छन् । हुथीहरूले यसअघि साउदी बन्दरगाहहरूमा समुद्री नाकाबन्दी गर्ने चेतावनी दिएका थिए । पाँच महिनादेखिको युद्धका कारण हर्मुज जलघाँटीको आवागमन पनि प्रभावकारी रूपमा प्रभावित बनेको छ ।

अन्तर्राष्ट्रिय चेम्बर अफ शिपिङ (आइसीएस) का अनुसार हुथी विद्रोहीहरूले लाल सागर क्षेत्रमा सञ्चालनरत जहाजहरूलाई रेडियोमार्फत चेतावनी सन्देश पठाउन थालेका छन् ।

यसैबीच, युद्धको असर विश्व ऊर्जा बजारमा पनि देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य करिब छ सातापछि पहिलोपटक ९५ अमेरिकी डलर नाघ्दै ९५ डलरको हाराहारीमा पुगेको छ भने अमेरिकी सूचक वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) को मूल्य पनि करिब तीन प्रतिशत वृद्धि भएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  १ : ४२ बजे

‘संस्थापन इतरका नेताको अभिव्यक्तिमा तर्क र विवेकको कमी महसुस भयो’

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संस्थापन इतर

कोशीमा ७४ प्रतिशत धान रोपाइँ

विराटनगर– कोशी प्रदेशमा यही साउन ४ गतेसम्ममा कूल ७३ दशमलव

दमकमा तीन सवारी एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु

भद्रपुर– झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट