प्यालेस्टिनी समकक्षी बैङ्कसँग सेवा सम्बन्ध छुटाउने तयारीमा इजरायली बैङ्कहरू « Khabarhub

प्यालेस्टिनी समकक्षी बैङ्कसँग सेवा सम्बन्ध छुटाउने तयारीमा इजरायली बैङ्कहरू


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम- इजरायली बैङ्कहरूले आफ्ना समकक्षी प्यालेस्टिनी बैङ्कहरूलाई सूचित गर्दै उनीहरूले केही हप्ता भित्र बैङ्किङ सेवाहरू समाप्त गर्ने इञ्छा व्यक्त गरेको जनाइएको छ । इजरायली र प्यालेस्टिनी अधिकारीहरूले भने इजरायलले यो इञ्छा कार्यन्यवयन गरेमा वेस्ट ब्याङ्क क्षेत्रमा थप आर्थिक संकट बढ्ने जनाएका छन् ।

यी बैङ्किङ् सेवाहरु इजरायलबाट कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा बिजुली, पानी, इन्धन र खानासहित इजरायलमा काम गर्ने प्यालेस्टिनीहरूले कमाएको ज्याला हस्तान्तरण गर्न जस्ता आवश्यक कामका लागि प्रयोग भइरहेको जनाइएको छ । इजरायली बैङ्कमा निर्भर रहेका पाँच वटा प्यालेस्टिनी बैङ्कहरूले अगस्ट –१३ को पत्राचार पछि बैङ्क सेवाहरूको पहुँच गुमाउने प्यालेस्टिनी बैङ्कका अधिकारीहरूलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

यसै गरी डिस्काउन्ट ब्याङ्कमार्फत सेवा प्रवाह गर्ने ब्याङ्कहरूले सेप्टेम्बर –१ बाट सेवा कटौतीको सामाना गर्नु पर्ने जनाइएको छ । इजरायलको अर्थ मन्त्रालयले दुई वटा बैङ्कहरूले आफ्ना प्यालेस्टिनी समकक्षहरूसँग सेवा सहकार्यको सम्बन्ध अन्त्ये गर्ने प्रस्ताव गरेको पुष्टि गरेको छ । समग्र जोखिमको वातावरण र बैङ्किङ् संस्थाहरू विरुद्धका सवालहरुमा बढ्दो चिन्ताको कारण इजरायली बैङ्कहरूले ससकक्षता बैङ्किङ् सेवाहरू प्रदान गर्न बन्द गर्ने घोषणा गरेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।

मन्त्रालयले इजरायलको सुरक्षा र आर्थिक हितको रक्षा गर्दै सुरक्षित र जिम्मेवार तरिकाले पत्राचार गरी बैङ्किङ् गतिविधिहरू जारी राख्न सक्षम बनाउन बैङ्कहरूसँग छलफल गरिरहेको जनाएको छ । हाल यी दुई बैङ्कहरूले प्यालेस्टिनी र इजरायली वित्तीय प्रणालीहरू बिचको पुलको रूपमा सेवा गर्दै आएको जनाइएको छ । इजरायली बैङ्कहरूलाई प्यालेस्टिनी बैङ्करूको तर्फबाट प्रशोधन गरिएको लेनदेनको कानुनी दायित्वबाट जोगाउन, इजरायली सरकारले प्रत्येक छ महिनामा क्षतिपूर्ति नवीकरण गर्ने गरेको जनाइएको छ ।

इजरायली बैङ्कका अधिकारीलाई उदृत गर्दै एएफपीले व्यावसायिक बैङ्कहरू अब मनी लान्ड्रिङ वा आतंकवादी वित्तपोषणको सम्भावित जोखिम जोखिमहरू बहन गर्न नचाहेको र पछिल्लो समयमा यस्तो जोखिम बढ्दै गएकाले सेवा सम्बन्ध अन्त्ये गर्ने निर्णयमा पुगेको जनाएको छ ।

अर्थ विज्ञहरूलाई उदृत गर्दै बैङ्किङ् सम्बन्धहरू तोड्नाले थप लेनदेनहरू नगदमा बाध्य पार्न सक्ने र बैङ्किङ् सङ्कटको जोखिम बढ्न गई अनौपचारिक अर्थव्यवस्था विस्तार गर्न सक्ने चेतावनी दिएको जनाएको छ । प्यालेस्टिनी प्राधिकरण स्थानीय बैङ्कहरुको सबै भन्दा ठुलो उधारकर्ता भएकाले यो सार्वजनिक क्षेत्रको तलब र बजेट घाटाको वित्तपोषण गर्न इजरायली बैङ्कहरु माथि निर्भर रहेकाले यदि बैङ्किङ् सेवाहरुको सहकार्य अन्त्ये भयो भने प्राधिकरण आर्थिक सङ्कटमा पुग्ने स्थानीय व्यापारीहरुले जनाएका छन् ।

इजरायलले प्राधिकरणको तर्फबाट सङ्कलन गर्ने भन्सार राजस्वको हस्तान्तरण निलम्बन गरे पछि प्यालेस्टिनी प्राधिकरण पहिले नै तीव्र आर्थिक दबाबमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  २ : ५५ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा