वीपी स्मृतिदेखि जयन्तीसम्म कांग्रेसले डिजिटल अभियान सञ्चालन गर्ने « Khabarhub

वीपी स्मृतिदेखि जयन्तीसम्म कांग्रेसले डिजिटल अभियान सञ्चालन गर्ने


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले वीपी स्मृति दिवस (साउन ६) देखि वीपी जयन्ती (भदौ २४) सम्म डिजिटल रूपमा अद्यावधिक गरिएका क्रियाशील सदस्यताको प्राविधिक व्यवस्थापनलाई केन्द्रमा राखेर नयाँ अभियान सञ्चालन गर्ने भएको छ ।

नाम नबताउने सर्तमा कांग्रेसका एक जना नेताले दिएको जानकारी अनुसार पार्टीले यस अवधिमा डिजिटल सदस्यताको तथ्यांक व्यवस्थापन, त्रुटि सच्याउने, अपूरा कागजात पूरा गराउनेलगायतका प्राविधिक कामलाई प्राथमिकता दिनेछ । सभापति गगन थापाले आजै उक्त अभियानको घोषणा गर्ने तयारी रहेको पनि ती नेताले बताए ।

‘१ महिनाका लागि तोकिएको जरा अभियान तीन महिनासम्म चल्यो । अब प्रदेशदेखि केन्द्रसम्म प्रणालीमा कति नाम सच्याउने, पूरा नभएका कागज पूरा गराउनेलगायतका टेक्निकल काम बाँकी छ। त्यसका लागि वीपी स्मृतिदेखि वीपी जयन्तीसम्मको नयाँ अभियान सभापतिले आज घोषणा गर्नुहुन्छ,’ उनले भने।

उनका अनुसार यही अवधिमा केन्द्र, प्रदेश र स्थानीय तहका सभापतिबाट हस्ताक्षरित एनसीआईडी कार्ड समेत डिजिटल माध्यमबाट उपलब्ध गराउने गरी तयारी भइरहेको छ।

कांग्रेसले ‘जरा अभियान’मार्फत हालसम्म नयाँ र पुराना गरी करिब ७ लाख ५० हजार क्रियाशील सदस्यको विवरण डिजिटल प्रणालीमा दर्ता गरिसकेको उनले जानकारी दिए।

उनले यो अभियानलाई पार्टीको १५औँ महाधिवेशनको तयारीसँग जोडिएको महत्त्वपूर्ण चरणका रूपमा अघि बढाइएको पनि उल्लेख गरे ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ३ : १२ बजे

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष

काठमाडौं – नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित