अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’ « Khabarhub

अफवाहले हैरान गोविन्दाले दिए मिडियालाई चेतावनी, ‘यस्ता काम नरोकिए १०० करोडसम्म क्षतिपूर्ति माग्छु’


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका चर्चित अभिनेता गोविन्दा पछिल्लो समय आफ्नो फिल्मी करियरभन्दा बढी निजी जीवनसँग जोडिएका चर्चाले घेरिएका छन् । 

पत्नी सुनिता आहुजा र अभिनेत्री कोमल रानी स्वर्णकारसँग जोडेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा विभिन्न दाबी र गसिप फैलिन थालेपछि गोविन्दाले अब कानुनी बाटो रोज्ने चेतावनी दिएका छन् ।

गोविन्दाको कानुनी टोलीले जारी गरेको नोटिसमा उनको व्यक्तिगत तथा पारिवारिक जीवनबारे झुटा, अप्रमाणित र मानहानी हुने सामग्री प्रचार  नगर्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र कन्टेन्ट क्रिएटरलाई चेतावनी दिइएको छ । 

त्यस्ता सामग्री नरोकिए १०० करोड भारतीय रुपैयाँसम्म क्षतिपूर्ति माग्दै कानुनी कारबाही अघि बढाउने बताइएको छ। 

विशेषगरी एआईको प्रयोग गरी बनाइएका डिपफेक भिडियो, तस्बिर र आवाज मार्फत गलत सूचना फैलाउने गतिविधिप्रति गोविन्दाको टोलीले आपत्ति जनाएको छ । 

भारतीय न्याय संहिता २०२३ र सूचना प्रविधिसम्बन्धी कानुनअन्तर्गत कारबाही अघि बढाउने तयारी रहेको जनाइएको छ ।

गोविन्दा र कोमलको सम्बन्धबारे चर्चा त्यतिबेला चुलिएको थियो, जब दुवैलाई विमानस्थलमा सँगै देखिएको थियो ।

 पछिल्लो समय गोविन्दाले कोमलसँग कोर्ट म्यारिज गरिसकेको र सुनितासँग सम्बन्ध विच्छेद गर्न लागेको दाबी गर्दै विभिन्न सामग्री भाइरल भएका थिए। 

तर, गोविन्दाका म्यानेजरले दोस्रो विवाहको कुनै योजना नरहेको स्पष्ट पार्दै यी दाबीलाई अफवाह भनेका छन् । 

उता सुनिताले भने गोविन्दासँग सम्बन्धविच्छेदसम्बन्धी मुद्दा दायर गरे पनि पछि फिर्ता लिएकी थिइन् । 

उनले अभिनेत्री राखी सावन्तसँगको कुराकानीमा गोविन्दाको कोमलसँग विवाह गर्ने योजनाका कारण आफूले मुद्दा फिर्ता लिएको दाबी गरेकी थिइन्।

यही विवादबीच गोविन्दाको कानुनी नोटिसले अब उनको निजी जीवनबारे फैलिने हरेक दाबीलाई कानुनी निगरानीमा ल्याउने संकेत गरेको छ । 

खासगरी डिपफेक र सामाजिक सञ्जालमार्फत फैलिने अप्रमाणित सामग्रीविरुद्ध अभिनेता कडा रूपमा प्रस्तुत भएका छन्।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  २ : ३१ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण