चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू) « Khabarhub

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि बढाएको अवस्थामा चुनदेवीमा बसेर पूर्वसभापति शेरबहादुर देउवाले इतर समूहको सक्रियता बढाएका छन्।

चौधौँ महाधिवेशनबाट सभापति बनेका देउवालाई थापाले २०८२ पुस अन्तिममा भएको दोस्रो विशेष महाधिवेशनमार्फत् नेतृत्वबाट बिदा गरेका थिए ।

गत फागुन १३ गते सिंगापुर गएर गत साउन २८ गते काठमाडौं फर्किएयता देउवाले बूढानीलकण्ठको चुनदेवीलाई आफ्नो समूहको केन्द्रबिन्दु बनाएका छन्।

गगनलाई सभापति स्वीकार्न नसकेका कनिष्ठदेखि वरिष्ठसम्मका नेताहरू चुनदेवीमै सक्रिय भएका छन् । सोमबार त्यहाँ जिल्लादेखि केन्द्रसम्मका दर्जनौँ नेता देखिए । केहीले देउवालाई खादा र मालाले पनि स्वागत गरे । उता देउवा पनि कान्छाराम तामाङले खोजिदिएको कार्यालयमा सभापतिकै बोर्ड राखेर बसेका छन्।

देउवा र पूर्वउपसभापति पूर्णबहादु खड्काले शुक्रबार नै कांग्रेसको महाधिवेशन रोक्न मागसहित सर्वोच्चमा रिट दिएका छन् । अर्कातिर साउन २२ मा गगनलाई आधिकारिकता दिने निर्णयलाई सर्वोच्चले पुनरावलोकनमा लाने निर्णय दिएसँगै इतर समूहका नेताहरू देउवालाई उकासिरहेका छन्।

तर देउवाले साउन २९ देखि ३१ सम्म भएको इतरको राष्ट्रिय भेलामा पार्टी फुटाएर नयाँ बनाउने कुनै अभिव्यक्ति दिएनन्। बरू उनले अदातलमा विचाराधीन रहेकाले अहिले यसबारे नबोल्ने भनेर गगनलाई कुनै आक्षेप लगाएनन्। तर विशेष महाधिवेशनले बिदा गरिसकेको अवस्थामा उनले सभापतिकै बोर्ड र कुर्सी स्वीकारेर गगनलाई चुनौती दिएका छन्।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  ५ : ३७ बजे

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल