आज २०८३ साल असोज ७ गते बुधबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज ७ गते बुधबारको राशिफल


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असोज ७ गते बुधबार सन् २०२६ सेप्टेम्बर २३ तारिख। भाद्र शुक्ल पक्षको द्वादशी तिथि।  अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । सोचेका काम  बन्नेछन् । स्वास्थ्यमा समस्या भए सुधारका संकेत देखिनेछन्। राजनीतिमा घेराबन्दी हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुहोला ।

वृष :दिन राम्रो छ । गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यको लगानीमा फाइदा हुनेछ । राजनीतिमा प्रगति हुनेछ । तीर्थयात्रा गर्ने योग छ ।

मिथुन : दिन सामान्य छ । बोलीका कारण आफन्त टाढा पुग्नेछन् । स्वास्थ्यमा समस्या हुनेछ। विदेशमा गरेको लगानीबाट घाटा हुनेछ । परिवारभित्र नै विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ ।

कर्कट : दिन राम्रो छ । व्यापारमा नाफा हुनेछ । लगानीका क्षेत्र सबल छन् । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा लगानीका लागि हिम्मत गर्नुपर्ने देखिन्छ । धार्मिक कार्यमा सहभागी हुनु उचित हुन्छ ।

सिंह : दिन राम्रो छ । राम्रो योजना बन्नेछ । पुराना साथीसँग भेट हुनेछ । स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ । गुरुको आर्शिवाद लिएर अगाडि बढ्नु उचित हुन्छ ।

कन्या : दिन राम्रो छ । मन शान्त बन्नेछ । मानसम्मान प्राप्त हुनेछ  । पठनपाठनमा रुची  बढ्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

तुला : दिन सामान्य छ । बोल्दा ख्याल गर्नुपर्ने छ । खर्च बढ्ने जोखिम छ । विपक्षी साथीसँग सचेत बन्नुपर्ने समय छ । तपाईंको बोलीका कारण आफन्त टाढा हुनेछन् । गुरुबाट असहयोग हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । सोचेको काम बन्नेछ । आफ्नो मूल्यांकन गर्नुपर्ने  दिन छ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । हरेक काममा उत्साह बढ्नेछ ।

धनु : दिन राम्रो छ । सोचेका काम सफल बन्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षा र रोजगारीमा प्रगति हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । श्रमको मूल्य प्राप्त हुनेछ ।

मकर :दिन राम्रो छ । सोचेको काम सहज बन्नेछ । व्यापारमा फाइदा हुनेछ । कर्मचारी भए बढुवा हुनेछ । राज्यको साथमा महत्त्वपूर्ण काम बन्नेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ ।

कुम्भ : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । अनावश्य यात्राको जोखिम छ । धार्मिक कार्यमा सहभागी हुने सके मन शान्त बन्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुन्छ ।

मीन :दिन राम्रो छ । बोलीका कारण काम बन्नेछ । मन शान्त बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दैनिकी सुरु गर्नु उचित हुन्छ । संकटमा प्रेम सम्बन्ध सुमधुर बन्नेछ । हरेक क्षेत्रमा श्रम आवश्य हुन्छ ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ५ : १५ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष