आज २०८३ साल असोज ७ गते बुधबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज ७ गते बुधबारको राशिफल


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असोज ७ गते बुधबार सन् २०२६ सेप्टेम्बर २३ तारिख। भाद्र शुक्ल पक्षको द्वादशी तिथि।  अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । सोचेका काम  बन्नेछन् । स्वास्थ्यमा समस्या भए सुधारका संकेत देखिनेछन्। राजनीतिमा घेराबन्दी हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुहोला ।

वृष :दिन राम्रो छ । गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यको लगानीमा फाइदा हुनेछ । राजनीतिमा प्रगति हुनेछ । तीर्थयात्रा गर्ने योग छ ।

मिथुन : दिन सामान्य छ । बोलीका कारण आफन्त टाढा पुग्नेछन् । स्वास्थ्यमा समस्या हुनेछ। विदेशमा गरेको लगानीबाट घाटा हुनेछ । परिवारभित्र नै विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ ।

कर्कट : दिन राम्रो छ । व्यापारमा नाफा हुनेछ । लगानीका क्षेत्र सबल छन् । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा लगानीका लागि हिम्मत गर्नुपर्ने देखिन्छ । धार्मिक कार्यमा सहभागी हुनु उचित हुन्छ ।

सिंह : दिन राम्रो छ । राम्रो योजना बन्नेछ । पुराना साथीसँग भेट हुनेछ । स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ । गुरुको आर्शिवाद लिएर अगाडि बढ्नु उचित हुन्छ ।

कन्या : दिन राम्रो छ । मन शान्त बन्नेछ । मानसम्मान प्राप्त हुनेछ  । पठनपाठनमा रुची  बढ्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

तुला : दिन सामान्य छ । बोल्दा ख्याल गर्नुपर्ने छ । खर्च बढ्ने जोखिम छ । विपक्षी साथीसँग सचेत बन्नुपर्ने समय छ । तपाईंको बोलीका कारण आफन्त टाढा हुनेछन् । गुरुबाट असहयोग हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । सोचेको काम बन्नेछ । आफ्नो मूल्यांकन गर्नुपर्ने  दिन छ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । हरेक काममा उत्साह बढ्नेछ ।

धनु : दिन राम्रो छ । सोचेका काम सफल बन्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षा र रोजगारीमा प्रगति हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । श्रमको मूल्य प्राप्त हुनेछ ।

मकर :दिन राम्रो छ । सोचेको काम सहज बन्नेछ । व्यापारमा फाइदा हुनेछ । कर्मचारी भए बढुवा हुनेछ । राज्यको साथमा महत्त्वपूर्ण काम बन्नेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ ।

कुम्भ : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । अनावश्य यात्राको जोखिम छ । धार्मिक कार्यमा सहभागी हुने सके मन शान्त बन्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुन्छ ।

मीन :दिन राम्रो छ । बोलीका कारण काम बन्नेछ । मन शान्त बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दैनिकी सुरु गर्नु उचित हुन्छ । संकटमा प्रेम सम्बन्ध सुमधुर बन्नेछ । हरेक क्षेत्रमा श्रम आवश्य हुन्छ ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ५ : १५ बजे

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर