राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी « Khabarhub

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा पुनः सैन्य आक्रमण गर्ने भन्ने विषयमा आफू ‘ठूलो निर्णय’को मोडमा पुगेको बताएका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले द्वन्द्वको समाधान नभए इरानलाई ‘सखाप’ गर्न सक्ने चेतावनी दिएका हुन् ।

महासभामा इरानी प्रतिनिधिमण्डलका एक सदस्य सहभागी भइरहेका बेला ट्रम्पले आफ्नो सम्बोधनका क्रममा शक्ति प्रदर्शनको भाषा प्रयोग गरेका थिए। खचाखच भरिएको सभाहलमा उनले वैश्विक सरकारको अवधारणालाई अस्वीकार गर्दै रुस-युक्रेन युद्धको अन्त्य गराउने र एआईको दौडमा अमेरिकालाई जिताउने प्रतिबद्धता व्यक्त गरे ।

सम्बोधनको सुरुवातमा ट्रम्पले अमेरिकी अर्थतन्त्र, सीमा सुरक्षा र अपराध नियन्त्रणमा आफ्ना उपलब्धिहरूको प्रशंसा गरेका थिए, जुन कूटनीतिज्ञभन्दा पनि आउँदो नोभेम्बरमा हुने अमेरिकी मध्यवधि चुनावका मतदाताहरूप्रति बढी लक्षित देखिन्थ्यो ।

आफ्नो मन्तव्यको ठूलो हिस्सा उनले इरानविरुद्धको युद्धको औचित्य पुष्टि गर्नमा खर्चिए । फेब्रुअरीमा अमेरिका र इजरायलले सैन्य कारबाही सुरु गरेयता विश्वबजारमा कच्चा तेलको मूल्य बढेको छ भने ट्रम्पको लोकप्रियतामा गिरावट आएको छ ।

“के इरानसँग यस्तो सम्झौता होला जसले उसलाई फेरि पहिलेभन्दा ठूलो देश बन्न देओस्? वा म इरानलाई चाँडै सखाप पारिदिऊँ ताकि उसले अरू देशलाई कहिल्यै ध्वस्त पार्ने मौका नपाओस्?” ट्रम्पले प्रश्न गरे, “के म उनीहरूलाई नरकमा पुर्‍याइदिऊँ?”

ट्रम्पले नोभेम्बरको चुनावलगत्तै इरानसँग सम्झौता हुन सक्ने विश्वास व्यक्त गरे । कूटनीतिक भाषामा यसलाई अत्यधिक बल प्रयोगको धम्की दिएर वार्तातर्फ ल्याउने रणनीति मानिन्छ ।

यसै क्रममा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने विश्वव्यापी विभक्तिको दायरा गहिरिँदै गएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रसंघको भूमिका र अन्तरनिर्भरताको महत्त्वमा जोड दिएका थिए । ट्रम्पले भने राष्ट्रसंघको आलोचना गर्दै ‘जनताबाट निर्वाचित नभएका कर्मचारीहरूको एजेन्डा’ भन्दै आलोचना गरे ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ६ : ४० बजे

साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.