सी जिनपिङको तीनदिने अमेरिका भ्रमण सुरु « Khabarhub

सी जिनपिङको तीनदिने अमेरिका भ्रमण सुरु


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबारदेखि अमेरिकाको तीनदिने राजकीय भ्रमण सुरु गरेका छन् । उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन बाहिरस्थित ज्वाइन्ट बेस एन्ड्र्युजमा पुगेर स्वागत गर्ने कार्यक्रम छ ।

एक दशकभन्दा बढी समयपछि हुन लागेको सीको पहिलो राजकीय अमेरिका भ्रमणका क्रममा उनलाई विशेष सम्मानसहित स्वागत गर्ने तयारी गरिएको छ ।

भ्रमणका क्रममा दुई नेताबीच व्यापार, कृत्रिम बौद्धिकता, दुर्लभ खनिज, इरान र ताइवानलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ । व्यापार तथा अन्य विषयमा अमेरिका र चीनबीच मतभेद कायमै रहे पनि भ्रमणलाई दुई देशबीच संवाद र रणनीतिक स्थिरता कायम गर्ने प्रयासका रूपमा हेरिएको छ ।

बिहीबार ह्वाइट हाउसमा सीको औपचारिक स्वागत समारोह तथा सैन्य सम्मान आयोजना हुनेछ । सोही दिन राजकीय रात्रिभोजसमेत आयोजना गरिनेछ, जसमा प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व सहभागी हुनेछन् ।

शुक्रबार सी र उहाँकी श्रीमती पेङ लियुआनले ट्रम्प तथा प्रथम महिला मेलानिया ट्रम्पसँग चिया भेट गर्नुका साथै राष्ट्रिय अभिलेखालयको भ्रमण गर्ने कार्यक्रम छ ।

यसअघि मेमा ट्रम्पले चीन भ्रमण गर्दा सी स्वयं उनको स्वागतका लागि विमानस्थल पुगेका थिएनन् । चिनियाँ उपराष्ट्रपति हान झेङले ट्रम्पलाई स्वागत गरेका थिए । त्यस क्रममा बेइजिङमा अमेरिकी राष्ट्रपतिको विमानलाई रातो गलैँचा, सैन्य सम्मान गार्ड, सैन्य ब्यान्ड तथा झन्डा बोकेका सयौँ बालबालिकाले स्वागत गरेका थिए ।

अमेरिकी सिनेटको सशस्त्र सेवा समितिका रिपब्लिकन अध्यक्ष रोजर विकरले भने सीलाई दिइएको भव्य स्वागतप्रति असहमति जनाएका छन् । उनले चीनको सैन्य विस्तार र इरानप्रति चीनको समर्थनलगायत विषयमा वार्ताका क्रममा ध्यान दिनुपर्ने बताए।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  १२ : ३५ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६