सी जिनपिङको तीनदिने अमेरिका भ्रमण सुरु « Khabarhub

सी जिनपिङको तीनदिने अमेरिका भ्रमण सुरु


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबारदेखि अमेरिकाको तीनदिने राजकीय भ्रमण सुरु गरेका छन् । उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन बाहिरस्थित ज्वाइन्ट बेस एन्ड्र्युजमा पुगेर स्वागत गर्ने कार्यक्रम छ ।

एक दशकभन्दा बढी समयपछि हुन लागेको सीको पहिलो राजकीय अमेरिका भ्रमणका क्रममा उनलाई विशेष सम्मानसहित स्वागत गर्ने तयारी गरिएको छ ।

भ्रमणका क्रममा दुई नेताबीच व्यापार, कृत्रिम बौद्धिकता, दुर्लभ खनिज, इरान र ताइवानलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ । व्यापार तथा अन्य विषयमा अमेरिका र चीनबीच मतभेद कायमै रहे पनि भ्रमणलाई दुई देशबीच संवाद र रणनीतिक स्थिरता कायम गर्ने प्रयासका रूपमा हेरिएको छ ।

बिहीबार ह्वाइट हाउसमा सीको औपचारिक स्वागत समारोह तथा सैन्य सम्मान आयोजना हुनेछ । सोही दिन राजकीय रात्रिभोजसमेत आयोजना गरिनेछ, जसमा प्रविधि क्षेत्रका प्रमुख व्यक्तित्व सहभागी हुनेछन् ।

शुक्रबार सी र उहाँकी श्रीमती पेङ लियुआनले ट्रम्प तथा प्रथम महिला मेलानिया ट्रम्पसँग चिया भेट गर्नुका साथै राष्ट्रिय अभिलेखालयको भ्रमण गर्ने कार्यक्रम छ ।

यसअघि मेमा ट्रम्पले चीन भ्रमण गर्दा सी स्वयं उनको स्वागतका लागि विमानस्थल पुगेका थिएनन् । चिनियाँ उपराष्ट्रपति हान झेङले ट्रम्पलाई स्वागत गरेका थिए । त्यस क्रममा बेइजिङमा अमेरिकी राष्ट्रपतिको विमानलाई रातो गलैँचा, सैन्य सम्मान गार्ड, सैन्य ब्यान्ड तथा झन्डा बोकेका सयौँ बालबालिकाले स्वागत गरेका थिए ।

अमेरिकी सिनेटको सशस्त्र सेवा समितिका रिपब्लिकन अध्यक्ष रोजर विकरले भने सीलाई दिइएको भव्य स्वागतप्रति असहमति जनाएका छन् । उनले चीनको सैन्य विस्तार र इरानप्रति चीनको समर्थनलगायत विषयमा वार्ताका क्रममा ध्यान दिनुपर्ने बताए।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  १२ : ३५ बजे

रैथाने बाली संकटमा, कालो भट्टको बीउ गाउँबाटै हरायो

पाल्पा– माथागढी गाउँपालिका ओलेसका किसानले उब्जाउ गर्नै गरेको स्थानीय दानाको

गगनको निम्तो स्वीकारेका मीनले भने- देउवालाई सर्वोच्च नेता स्वीकार्न हामी सबै तयार छौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टी विभाजन हुन नदिन

योगेशले लिखित रुपमै भने : पार्टीले धक्का खाएको छ, ओलीले नेतृत्वबाट बिदा लिनु पर्छ

काठमाडौं- नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको जारी केन्द्रीय

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन