न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भयो : सांसद चौलागाई « Khabarhub

न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भयो : सांसद चौलागाई


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा सांसद मधु कुमार चौलागाईले वर्तमान न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भएको टिप्पणी गरेका छन् । 

बुधबार प्रतिनिधिसभाको शून्य समयमा सांसद चौलागाईले लोकतन्त्रमा नागरिकलाई निष्पक्ष एवं छिटो न्याय प्रवाह गर्ने स्वतन्त्र र सक्षम न्यायपालिका हुनुपर्नेमा वर्तमान न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भएको टिप्पणी गरेका हुन् ।

उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावलीको नियम १४० को ११ र २५९ तत्काल कार्यान्वयन गर्न नपाउने गरी जारी गरेको अन्तरिम आदेशले संविधान संशोधनको संवैधानिक बाटोलाई नै प्रत्यक्ष रूपमा रोकिदिएको बताए । 

जनताका निर्वाचित प्रतिनिधिहरूको सर्वोच्च थलो संघीय संसद्को सार्वभौम अधिकार र क्षेत्राधिकारमाथि यस आदेशले गम्भीर कुण्ठा पुर्‍याएको उनले बताए ।

साथै उनले संसद्को अधिकार क्षेत्रमा भएको हस्तक्षेप र न्यायिक निरङ्कुशतालाई रोक्न समग्र न्यायपालिकाको आमूल पुनर्संरचना अपरिहार्य भइसकेको धारणा राखे । 

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  २ : १८ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६