न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भयो : सांसद चौलागाई « Khabarhub

न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भयो : सांसद चौलागाई


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा सांसद मधु कुमार चौलागाईले वर्तमान न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भएको टिप्पणी गरेका छन् । 

बुधबार प्रतिनिधिसभाको शून्य समयमा सांसद चौलागाईले लोकतन्त्रमा नागरिकलाई निष्पक्ष एवं छिटो न्याय प्रवाह गर्ने स्वतन्त्र र सक्षम न्यायपालिका हुनुपर्नेमा वर्तमान न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भएको टिप्पणी गरेका हुन् ।

उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावलीको नियम १४० को ११ र २५९ तत्काल कार्यान्वयन गर्न नपाउने गरी जारी गरेको अन्तरिम आदेशले संविधान संशोधनको संवैधानिक बाटोलाई नै प्रत्यक्ष रूपमा रोकिदिएको बताए । 

जनताका निर्वाचित प्रतिनिधिहरूको सर्वोच्च थलो संघीय संसद्को सार्वभौम अधिकार र क्षेत्राधिकारमाथि यस आदेशले गम्भीर कुण्ठा पुर्‍याएको उनले बताए ।

साथै उनले संसद्को अधिकार क्षेत्रमा भएको हस्तक्षेप र न्यायिक निरङ्कुशतालाई रोक्न समग्र न्यायपालिकाको आमूल पुनर्संरचना अपरिहार्य भइसकेको धारणा राखे । 

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  २ : १८ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ