नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाइने छ : अर्थमन्त्री वाग्ले « Khabarhub

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाइने छ : अर्थमन्त्री वाग्ले


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाइने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री डा. वाग्लेले मुलुकभित्रको आम्दानी र खर्चका बीचमा खाडल रहेकाले भएकाले आन्तरिक र बाह्य स्रोतको सन्तुलनका लागि यस्ता कोषलाई प्रतिफलमुखी र सुरक्षितरूपमा परिचालन गर्नुपर्ने बताए ।
      
मन्त्री वाग्लेले राष्ट्रिय बचतले नधान्ने अवस्थामा जनताको रकम जम्मा गरेर निर्मित सार्वजनिक कोषहरूलाई कुन हदसम्मको लचिलो बनाउने भन्ने सवालमा सरकार जोखिम व्यवस्थापनप्रति गम्भीर हुने स्पष्ट गरे।
      
विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरू सुशील खड्का, कृष्णहरि बुढाथोकी, नीतिमा भण्डारी कार्की, माधवबहादुर थापा, सीताराम साह, प्रभा ढकाल, जनकसिंह धामी, मञ्जु भुसाल, देवराज पाठक, गोविन्द पन्थी, प्रभा कार्की, परशुराम तामाङ, अमृता विक, राधिका रम्तेल, श्रीराम न्यौपाने, गणेशबहादुर विश्वकर्माले भाग लिए।
      
यस्तै सांसदहरू प्रेमलाल चौधरी, आशिष गजुरेल, बलावती शर्मा, ललिता कुमारी, गोपाल शर्मा, पुकार बम, निराशा चौधरी डगौरा, हरिमोहन भण्डारी, ज्ञानेन्द्रसिंह महता, बोधनारायण श्रेष्ठ, विश्वराज पोखरेल, एशुदाकुमारी बराल, गुरूप्रसाद बारल, अम्बिकादेवी सङ्ग्रौला, मधुकुमार चौलागाईँ र भरत गिरीले छलफलमा माग लिए ।
      
सांसदहरूले कोषलाई समयानुकूल विकसित गर्दै लगानीयोग्य र प्रभावकारी बनाउन सुझाव दिए। कोषले हाल तीन खर्ब ३७ अर्बको बचत व्यवस्थापन गरिरहेकाले सुरक्षित, प्रतिफलयुक्त र पारदर्शी लगानी बढाउन सांसदहरूको आग्रह छ  ।
      
विधेयकमाथि अब सांसदहरूले दिने संशोधनका आधारमा सम्बन्धित समितिमा दफावार छलफल हुनेछ । सभाको बैठक जारी छ ।
 

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  २ : ३५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा