काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाले एमाले विरुद्धको भाष्यको आयु सकिएको बताएका छन् ।
थापाले तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकले त्यो भाष्यको आयु सकिएको सन्देश दिएको मात्रै होइन, पार्टी एक ढिक्का भएर गलत भाष्यको मलामी गएको उल्लेख गरेका छन् ।
‘सबै चिजको आयु हुन्छ । एमाले विरुद्धको भाष्यको आयु पनि आयु थियो । त्यो पुरा भयो ।अहिले चलिरहेको केन्द्रीय कमिटी बैठकले गरेको सबैभन्दा ठूलो काम के हो भने एमालेविरुद्ध सिर्जना गरिएको भाष्यको आयु सकियो’ थापाले भनेका छन्, ‘एमाले केन्द्रीय कमिटी एक ढिक्का भएर त्यो भाष्यको मलामी गइरहेको छ ।’
थापाले भ्रमको पर्दा च्यातिएपछि वास्तविक स्वरुप देखिने बताएका छन् । उनले जारी केन्द्रीय कमिटी बैठकले एमालेका कम्तीमा आठवटा वास्तविकता उजागर गरेको उनले लेखेका छन् ।
‘सबैभन्दा संगठठित पार्टी एमाले हो,सबैभन्दा अनुशासित पार्टी एमाले हो,देशभक्त पार्टी एमाले हो ,सबैभन्दा विकास गरेको पार्टी एमाले हो’ थापाले लेखेका छन् ‘जनताले धेरै माया गरेको पार्टी एमाले हो, सम्पूर्ण भूगोललाई जोड्ने पार्टी एमाले हो र राष्ट्रिय स्वाभिमानको रक्षक एमाले हो ।’
उनले चुनावी धक्काबाट एमाले जागृत भइसकेको र जस्तासुकै न्यारेटिभ र झुटलाई चिर्ने सामथ्र्य राख्ने दाबी गरेका छन् ।
पढ्न लाग्ने समय : < 1 मिनेट















प्रतिक्रिया