गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील « Khabarhub

गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारबाट गैँडा जोगिएको आज एक हजार ४२ दिन पुगेको छ । यसअघि विसं २०८० कात्तिक ३० गते निकुञ्जको पूर्वी सेक्टरमा दुईवटा गैँडा एकै ठाउँमा खाल्टोमा पारेर तस्करले मारेका थिए ।
 
पूर्वी चितवनको खैरहनी नजिक खगेन्द्रमल्ली पोष्टबाट तीन किलोमिटर दक्षिण पूर्वमा पर्ने निकुञ्जको चपरचुली इलाकामा तस्करहरूले दुईवटा गैँडालाई फरक फरक खाडलमा पारेर मारेका थिए । 
    
त्यसयता प्राकृतिक कारणले गैँडा मरेको भए पनि चोरी शिकारीका कारण गैँडा मरेका छैनन् । निकुञ्जको सुरक्षामा कडाइका कारण गैँडा मारिनबाट जोगिएको हो ।
 
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार प्राकृतिक कारणले गैँडा मरेको भए पनि एक हजार ४२ दिनयता तस्करले गैँडा मार्न पाएका छैनन् । 

आर्थिक वर्ष २०८०-०८१ को कात्तिक ३० अगाडिका वर्षमा तस्करले गैँडा मारेको तथ्यांक छ । निकुञ्जका अनुसार आर्थिक वर्ष २०७७-०७८ मा पाँच वटा, २०७८-०७९ मा दुई र ७९-८० मा दुई वटा गैँडा तस्करले मारेका थिए । 
    
यसअघि आर्थिक वर्ष २०५८-०५९ मा ३८ गैँडा तस्करले मारेका थिए । सशस्त्र द्वन्द्वको बेला सुरक्षा पोष्ट कटौतीको फाइदा उठाउँदै तस्करहरुले गैँडा मारेका हुन् । त्यसयता सुरक्षा संयन्त्र चनाखो भएपछि  एक हजार ७१ दिन शून्य चोरी शिकार भएको थियो ।
 
चितवन राष्ट्रिय निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्रमा आर्थिक वर्ष २०७५-०७६ मा ४३, २०७६-०७७ मा २६, २०७७-०७८ मा ३५, २०७९-०८० मा २०, २०८०÷०८१ मा २१, २०८१-०८२ मा २८ वटा र २०८२-०८३ मा २२ वटा गैँडा प्राकृतिक कारणले मृत्यु भएको थियो ।
 
निकुञ्जमा नेपाली सेनाको नयाँ गोरख गण दलले सुरक्षा व्यवस्थाको जिम्मेवारी लिएको छ । निकुञ्ज प्रशासन, नेपाली सेना र स्थानीयको सहकार्यबाट चोरीशिकार नियन्त्रण सम्भव भएको थापामगर बताउँछन् । 
    
निकुञ्जमा हाल ५३ वटा पोष्ट छन् । उक्त पोष्टमा नेपाली सेना र निकुञ्ज सुरक्षाकर्मी रहेर सुरक्षा दिइरहेको उनले बताए। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा तस्करहरुले गोली हानेर, खाल्डोमा पारेर, विष खुवाएर, करेन्ट लगाएर गैँडा मार्ने गर्दछन् । 

यस्तै प्राकृतिक कारणले बुढो भएर, अन्य जनावरको आक्रमणमा परेर, आपसमा जुधेर तथा बाढीले बगाएर, दलदलमा फसेर, बाघले खाएर गैँडा मर्ने गरेका छन् । पछिल्लो गणनाअनुसार नेपालमा ७५२ वटा गैँडा छन् । 

यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९५ वटा गैँडा रहेका छन् । सन् २०२१ यता गैँडा गणना भएको छैन । चितवनसहित पर्सा, बर्दिया र शुक्लाफाँटामा पनि गैँडा रहेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  २ : ५२ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ