सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म « Khabarhub

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि २० गतेसम्म ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना गर्ने भएको छ ।  

बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले सरकारले घोषणा गरेको रोजगार दशकलाई अघि बढाउने सन्दर्भमा सीप र रोजगारी : साझा जिम्मेवारी भन्ने नाराका साथ सीप तथा रोजगार मेला आयोजना गर्न लागिएको जनाएको हो । 

माग, सीप तालिम, रोजगारलाई एउटै प्रणालीमा आबद्ध गर्ने अवधारणाका साथ सुरु हुन लागेको मेलामा उद्योग, सेवा, कृषि, निर्माण लगायतका १० वटा विभिन्न विधामा ६५ वटा स्टलहरू रहने मन्त्रालयले जनाएको छ । 

उद्योगको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्ने, तालिम सञ्चालन गरी रोजगारी सुनिश्चित गर्ने तथा रोजगारदाता र रोजगार खोज्ने व्यक्तिबीच प्रत्यक्ष सम्पर्क स्थापित गराउनेका साथै हुन लागेको मेला अन्य प्रदेशमा पनि आयोजना गरिने युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले जानकारी दिए । 

उनले स्वदेशमै आफ्नै माटोमा रोजगारी र स्वरोजगारी दुवैको वातावरण सिर्जना गर्नु जनता र युवाहरूको मुख्य माग रहेको र सोहीअनुसार सरकारले नीतिगत सुधार एवं कार्यक्रमहरू अघि बढाइरहेको बताए । राष्ट्रिय रोजगार नीति छिटै मन्त्रिपरिषद् पठाउने तयारी भइरहेको उनको भनाइ छ ।  

उनले वैदेशिक रोजगारीका लागि विभाग र बोर्ड भए जस्तै आन्तरिक रोजगारीका लागि संयन्त्र नहुँदा अहिले मेला आयोजना गर्न मन्त्रालयका सम्पूर्ण महाशाखाहरू नै प्रत्यक्ष खटिनुपरेको अवस्था रहेको गुनासो गरे ।

कति जनाले प्रत्यक्ष रोजगारी पाए र कति जना सिफारिस भए भन्ने विषयलाई मेलाको सफलताको मुख्य सूचक मानिने उनले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ३ : २६ बजे

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा