प्राधिकरणमा पदभार ग्रहण गर्दै दीर्घायुको पहिलो बचन : बिजुली कटौती हुन दिँदैनौँ « Khabarhub

प्राधिकरणमा पदभार ग्रहण गर्दै दीर्घायुको पहिलो बचन : बिजुली कटौती हुन दिँदैनौँ


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले उपभोक्तालाई दिइने बिजुलीमा कटौती हुन नदिने स्पष्ट पारेका छन् ।

बुधबार प्राधिकरण पुगेर पदभार ग्रहण गरेपनि कार्यकारी निर्देशक श्रेष्ठले प्राकृतिक विपद्का कारण प्रणालीबाट करिब ४५० देखि ५०० मेगावाट विद्युत् बाहिरिएको अवस्था रहेपनि उपभोक्तालाई दिइने बिजुलीमा कटौती हुन नदिने स्पष्ट पारेका हुन् ।

उत्पादन र मागबीच बढ्दै गएको अन्तर व्यवस्थापन गर्नु प्राधिकरणको मुख्य चुनौती रहेको भन्दै उनले बर्खायामको अतिरिक्त बिजुली व्यवस्थापन र विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको बताए । नागरिकले चाहेको गुणस्तरीय बिजुली र निरन्तर आपूर्ति नै प्राधिकरणको मुख्य लक्ष्य रहेको उनले बताए ।

उनले उत्पादनतर्फ निजी क्षेत्रको ठूलो योगदान रहेकाले अब प्राधिकरणले ठूला जलाशययुक्त आयोजनाहरूका साथै प्रसारण लाइन र वितरण प्रणालीको सुदृढीकरणमा ठूलो लगानी गर्नुपर्ने खाँचो रहेको धारणा राखे । 

मन्त्रिपरिषद्को असोज २ गते शुक्रबार बसेको बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ३ : ०० बजे

गगनको निम्तो स्वीकारेका मीनले भने- देउवालाई सर्वोच्च नेता स्वीकार्न हामी सबै तयार छौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टी विभाजन हुन नदिन

योगेशले लिखित रुपमै भने : पार्टीले धक्का खाएको छ, ओलीले नेतृत्वबाट बिदा लिनु पर्छ

काठमाडौं- नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको जारी केन्द्रीय

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन

सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग