पत्रकारितालाई मर्यादित एवं व्यावसायिक पेसा बनाइनुपर्नेमा जोड « Khabarhub

पत्रकारितालाई मर्यादित एवं व्यावसायिक पेसा बनाइनुपर्नेमा जोड


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारितालाई मर्यादित एवं व्यावसायिक पेसा बनाइनुपर्नेमा जोड दिएका छन् । 

नेपाल पत्रकार महासङ्घ, नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले बुधबार सिंहदरबारमा आयोजना गरेको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकार पुरस्कार वितरण समारोहमा मन्त्री तिमिल्सिनाले श्रमजीवी पत्रकारको हकहितको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको भन्दै पत्रकारिता क्षेत्रलाई पनि मर्यादित एवं व्यावसायिक पेसा बनाइनुपर्नेमा जोड दिएका हुन्  । 

उनले श्रमजीवी पत्रकारहरूले आफ्नो न्यूनतम पारिश्रमिक पाउनका लागि सडकमा आन्दोलन गर्नुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने धारणा राखे । 

पत्रकारितामा जोखिम मोलेर रिपोर्टिङ गर्ने कार्य प्रशंसनीय भए पनि पत्रकारहरूले आफ्नो जीवनलाई नै खतरामा राखेर काम गर्न नहुने र ‘सुरक्षा पहिलो’ को मान्यता अपनाउनुपर्ने उनले बताए । 

उनले सार्वजनिक प्रसारण संस्थाहरूको सुधारका लागि निर्मम भएर विगतका कमजोरी सच्याउनुपर्ने उल्लेख गरे । 

कार्यक्रममा  यस बर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार रामचन्द्र अर्याल, दिवाकर पोखरेल, शिव शिलवाल लगाएत पाँच जना पत्रकारहरुलाई प्रदान गरिएको थियो । 

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ४ : ५१ बजे

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा