डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग « Khabarhub

डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि रु एक करोड ५० लाख सहयोग हस्तान्तरण गरेको छ ।

डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा उनले डब्लुडब्लुएफ नेपाल आफ्नो अभियानमा प्रतिबद्ध रहेको उल्लेख गरे ।

राष्ट्रिय प्रतिनिधि डा गुरुङले बाढीबाट प्रभावितहरु अझै पनि सम्पर्कविहीन रहेका र सडक तथा सञ्चार सम्पर्कमा अत्यधिक क्षति पुगेको अवस्थामा कोषले ती समुदायमा पहुँच पुनःस्थापित गर्न र उनीहरूलाई पुनःजोड्न सरकारका तत्कालीन प्रयासलाई सहयोग गर्ने बताए ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ५ : २४ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र