दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म « Khabarhub

दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले यस वर्षको दशैंका लागि ‘बजाज गेम अफ पावर – खेल्ने हो ?’ अभियान ल्याएको छ । 

अभियानमार्फत बजाजका ग्राहकले मोटरसाइकल खरिदसँगै पुरस्कार जित्ने, डिजिटल रेसमा सहभागी हुने र आफ्ना मनपर्ने च्याम्पियनसँग भेट्ने अवसर पाउनेछन् ।

दशैंको अवसरमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको पुरस्कार पाउनेछन् । साथै,
स्मार्ट घडी, हस्ताक्षरित सामग्री तथा बजाजका विशेष उपहार जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ।

अभियानको विशेष आकर्षणका रूपमा रविन्द्र ढाँट, सीआर७ होराआ (सन्जन गौतम) र दीपेन्द्र सिंह ऐरीसँग भेट्ने अवसरसमेत रहेको छ। अभियानअन्तर्गत छनोट भएका विजेताले यी च्याम्पियनहरूसँग प्रत्यक्ष भेटघाट गर्न सक्नेछन् ।

अभियानलाई डिजिटल माध्यममा पनि जोड्दै बजाजले ‘पल्सर रेसिङ गेम’ ल्याएको छ । यसमा सहभागीहरूले आफूलाई मनपर्ने च्याम्पियनको पात्र छनोट गरी डिजिटल ट्र्याकमा रेस गर्न सक्नेछन् ।

सबैभन्दा कम समयमा रेस पूरा गर्ने तथा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीले हस्ताक्षरित टी–सर्ट, च्याम्पियनका सामग्री तथा बजाजका विशेष उपहार जित्न सक्नेछन् ।

डिजिटल माध्यमको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै अभियानमा युवाहरूलाई लक्षित विभिन्न गतिविधि समेटिएको कम्पनीले जनाएको छ ।  

त्यसैगरी, ‘शो योर पावर’ च्यालेन्जमार्फत राइडर तथा मोटरसाइकलप्रेमीहरूले आफ्नो शक्ति, फिटनेस र
पल्सरप्रतिको लगावलाई आफ्नै सिर्जनात्मक शैलीमा प्रस्तुत गर्दै सहभागी हुन सक्नेछन् । यस चुनौतीबाट
छनोट भएका विजेताले पनि च्याम्पियनहरूसँग भेट्ने अवसर पाउनेछन् ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘दशैंमा नयाँ जोश र उत्साहसँगै रमाइलो गर्ने माहोल हुन्छ । यही अवसरमा हाम्रा ग्राहकलाई मोटरसाइकल खरिदसँगै नयाँ अनुभव दिने उद्देश्यले ‘गेमअफ पावर’ ल्याएका हौं । पुरस्कारदेखि, डिजिटल रेस र च्याम्पियनसँगको भेटसम्म, यस अभियानले ग्राहकलाई सहभागी हुँदै आफ्नो पावर देखाउने अवसर दिनेछ ।’
 

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ५ : ३८ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका