टिग्रेमा तनाव बढेपछि इथियोपियन एयरलाइन्सका उडान रद्द « Khabarhub

टिग्रेमा तनाव बढेपछि इथियोपियन एयरलाइन्सका उडान रद्द


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा सङ्घीय र क्षेत्रीय सेनाबीच पुनः द्वन्द्व चर्किन सक्ने आशंकाबीच सरकारी स्वामित्वको इथियोपियन एयरलाइन्सले बुधबार त्यहाँका लागि हुने सबै नियमित उडान रद्द गरेको छ ।

एयरलाइन्सले वर्तमान परिस्थितिलाई कारण देखाउँदै टिग्रेको राजधानी मेकेलेसहित अक्सुम र शायरका लागि हुने उडान अर्को सूचना नभएसम्म स्थगित गरिएको जनाएको छ ।

प्रधानमन्त्री अबिय अहमदको सरकारलाई सत्ताबाट हटाउने उद्देश्यसहित ‘टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट’ (टीपीएलएफ) सहित सात विपक्षी समूहले गठबन्धन गठन गरेको तीन दिनपछि उडान रद्द गरिएको हो ।

विपक्षी समूहले आइतबार ‘इथियोपियन पिपुल्स फोर्सेस एलायन्स फर सर्भाइभल’ नामक गठबन्धन गठन गरेको घोषणा गरेका थिए । मुख्य विपक्षी समूहले बहिष्कार गरेको जुन महिनाको आमनिर्वाचनमा भने अबियको ‘प्रोस्परिटी पार्टी’ले सत्ता कायम राखेको थियो ।

टीपीएलएफले उत्तरी इथियोपियामा भएको घातक द्वन्द्वका क्रममा सङ्घीय सेनाविरुद्ध लडेको थियो । उक्त द्वन्द्व सन् २०२२ को नोभेम्बरमा शान्ति सम्झौता भएपछि अन्त्य भएको थियो ।

टिग्रेमा चार्टर्ड उडानमार्फत पुग्न सकिने भए पनि अन्य कुनै पनि एयरलाइन्सले त्यहाँ नियमित व्यावसायिक उडान सञ्चालन गर्दैनन् ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ६ : ०६ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६