टिग्रेमा तनाव बढेपछि इथियोपियन एयरलाइन्सका उडान रद्द « Khabarhub

टिग्रेमा तनाव बढेपछि इथियोपियन एयरलाइन्सका उडान रद्द


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इथियोपियाको उत्तरी क्षेत्र टिग्रेमा सङ्घीय र क्षेत्रीय सेनाबीच पुनः द्वन्द्व चर्किन सक्ने आशंकाबीच सरकारी स्वामित्वको इथियोपियन एयरलाइन्सले बुधबार त्यहाँका लागि हुने सबै नियमित उडान रद्द गरेको छ ।

एयरलाइन्सले वर्तमान परिस्थितिलाई कारण देखाउँदै टिग्रेको राजधानी मेकेलेसहित अक्सुम र शायरका लागि हुने उडान अर्को सूचना नभएसम्म स्थगित गरिएको जनाएको छ ।

प्रधानमन्त्री अबिय अहमदको सरकारलाई सत्ताबाट हटाउने उद्देश्यसहित ‘टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट’ (टीपीएलएफ) सहित सात विपक्षी समूहले गठबन्धन गठन गरेको तीन दिनपछि उडान रद्द गरिएको हो ।

विपक्षी समूहले आइतबार ‘इथियोपियन पिपुल्स फोर्सेस एलायन्स फर सर्भाइभल’ नामक गठबन्धन गठन गरेको घोषणा गरेका थिए । मुख्य विपक्षी समूहले बहिष्कार गरेको जुन महिनाको आमनिर्वाचनमा भने अबियको ‘प्रोस्परिटी पार्टी’ले सत्ता कायम राखेको थियो ।

टीपीएलएफले उत्तरी इथियोपियामा भएको घातक द्वन्द्वका क्रममा सङ्घीय सेनाविरुद्ध लडेको थियो । उक्त द्वन्द्व सन् २०२२ को नोभेम्बरमा शान्ति सम्झौता भएपछि अन्त्य भएको थियो ।

टिग्रेमा चार्टर्ड उडानमार्फत पुग्न सकिने भए पनि अन्य कुनै पनि एयरलाइन्सले त्यहाँ नियमित व्यावसायिक उडान सञ्चालन गर्दैनन् ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ६ : ०६ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ