इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु, ११५ बेपत्ता « Khabarhub

इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु, ११५ बेपत्ता


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकार्ता– इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अनुसार दुर्घटनामा अझै ११५ जना बेपत्ता छन् भने १०८ जनाको उद्धार गरिएको छ ।

‘कन्या यातायात ८’ नामक जहाज पूर्वी जाभाको सुराबायाबाट दक्षिण कालिमान्टनको बञ्जर्मासिनतर्फ जाने क्रममा दुर्घटनामा परेको हो । जहाज सेप्टेम्बर १२ मा सुराबायाबाट प्रस्थान गरेको थियो । खराब मौसमका कारण यात्रामा समस्या आएपछि सेप्टेम्बर १३ बिहान करिब २ बजे जहाजसँग सम्पर्क विच्छेद भएको थियो ।

खोजी तथा उद्धारमा संलग्न टोलीले जहाजभित्र तथा मध्य कालिमान्टन प्रान्तको तटीय क्षेत्रमा शव फेला पारेका छन् । गोताखोरहरूले जहाजका केबिनमा खोजी केन्द्रित गरेका छन् । तर पानीमुनि कम दृश्यता र तीव्र समुद्री धाराका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको एजेन्सीले जनाएको छ ।

करिब १७ हजार टापु रहेको इन्डोनेसियामा विभिन्न टापुबीच आवतजावतका लागि फेरी तथा अन्य समुद्री यातायातमा ठूलो निर्भरता छ । मौसम, समुद्री अवस्था र जहाजको सुरक्षासम्बन्धी कारणले त्यहाँ समय–समयमा समुद्री दुर्घटना हुने गरेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ६ : ४५ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६