सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली « Khabarhub

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली


६ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले वर्तमान सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध आफ्नो दलले सडकबाटै सशक्त खबरदारी गर्ने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पराजुलीले बालेन शाह नेतृत्वको रास्वपा नेतृत्वको सरकारले जनअधिकारको कटौती र बेवास्ता गरेको आरोप लगाए ।

नेता पराजुलीले दुई छिमेकी मुलुक भारत र चीनसँगको सन्तुलित सम्बन्धमा सरकारले खलल पुर्‍याएको दाबी गरे । निर्वाचनका बेला रास्वपाले गरेका बाचाहरू भाषणमै सीमित भएको उनको टिप्पणी थियो ।

रास्वपा सरकारको केटाकेटीपन र अपरिपक्वताले देश नचल्ने दाबी गर्दै उनले सरकारलाई आफ्ना गल्ती सुधार्न सुझाव दिए । नेकपाले सुरु गर्न लागेको जागरण अभियानमार्फत सरकारका गलत कदमहरूबारे जनताका बीचमा पुगेर खबरदारी गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार  ७ : ३९ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण