विदेशमा आर्जित रकम र सीप उद्यममा लगाउँदै मनिषकुमार « Khabarhub

विदेशमा आर्जित रकम र सीप उद्यममा लगाउँदै मनिषकुमार


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– लाउँलाउँ खाउँखाउँको किशोर र जवानीको उमेर विदेशमा पसिना बगाएका महोत्तरीको सोनमा–५ खैरवनीका ३४ वर्षीय मनिषकुमार यादवले आर्जित रकम र सीपलाई उद्यममा लगाएका छन् । 

अल्लारे १६ वर्षीय किशोर उमेरबाटै भारतको चण्डीगढ, मद्रास र मलेसिया तथा कुवेतमा गरी १५ वर्ष विदेशमा बिताएका उनले आर्जित रकम र सीपलाई अब आफ्नै ठाउँमा च्याउ (तरकारी विशेष) उत्पादनको उद्यममा लगाएका हुन् ।

‘अब जे सिकेँ र जे आर्जन गरेँ, यहीँ लगाउने निधो गरेर च्याउ उत्पादन गर्ने उद्यम थाले’, मनिषकुमार भन्छन्, ‘विदेशमा पनि यसबारे अनुभव सँगालेको थिएँ, देश फर्केपछि सरकारले सञ्चालन गरेको च्याउखेतीसम्बन्धी १५ दिने तालिम लिएपछि म ढुक्क भएर काममा लागेको हुँ ।’ जिल्लाको भारतीय सीमावर्ती बस्तीका उनले च्याउको बजार र मागको सर्वे गरेपछि उद्योग भने बर्दिबासमा सञ्चालन गरेका छन् ।

करारको जग्गा बर्सेनि १० हजारमा पाइएको र उद्योग सञ्चालन गर्दासम्म छ लाख लागत पुगेको मनिषकुमारको भनाइ छ । ‘मैले कतै ऋण गर्नुपरेको छैन, आफ्नै कमाइ हो’, उनी भन्छन्, ‘अब बाँकी जीवन घरपरिवारका बाबु, आमा, पत्नी र छोराछोरीसँग यतै बिताउने निधोसाथ काम थालेको छु ।’

तरिका पुर्याएर खेती गरिए यसबाट अपेक्षित उत्पादन लिन सकिने उनको विश्वास छ । च्याउको अहिले व्यापारीले लाने दर प्रतिकिलो रु १७५ र खुद्रा बिक्री रु २०० प्रतिकिलो रहेको मनिषकुमारको भनाइ छ ।

मधेसका लागि च्याउका प्रचलित चारपाँच जातमध्ये यहाँ कन्ने जात बढी फस्टाउने हुँदा आफूले प्रारम्भ यसैेबाट गरेको मनिष बताउँछन् । जाडो याममा यसको उत्पादन राम्रो लिन सकिने हुँदा फागुनसम्म १० क्विन्टल उत्पादन लिने उनको लक्ष्य छ । जाडोभरि प्राकृतिक रूपमै उपयुक्त तापक्रम रहने र गर्मी याममा भने ताप व्यवस्थापन गरिँदा वर्षभरि नै च्याउ उत्पादन लिन सकिने उनको भनाइ छ ।

‘मुख्य कुरा उत्पादन र बजारको हो, यसको बजार बर्दिबासदेखि पूर्व इटहरीसम्म जोडेका छौँ, मागकर्ताले उत्पादितस्थलबाटै लिएर जाने हुँदा ढुवानीको झन्झट रहँदैन’, मनिषकुमार भन्छन्, ‘उद्योग स्थापनाताका बाह्य जनशक्ति लगाउन परे पनि अबका नियमित काम आफ्नै घरपरिवारबाट गर्दैछौँ ।’ अन्य घरायसी काम नभएका बेला परिवारका सबै यस काममा लाग्नसक्ने हुँदा सबैलाई उत्पादनसँग प्रत्यक्ष जोड्न पाइएको उनको भनाइ छ ।

योेजनाबद्ध काम थालिए सानै पुँजीमा पनि उद्यम सञ्चालन गर्न सकिने हुँदा विदेशमा हासिल गरेको सीप र अनुभव आफ्नै ठाउँमा ढाल्न सकिन्छ । यो देखाउन पनि आफूले उद्यम स्थापना गरेको मनिषकुमारको भनाइ छ । यो उद्यम स्थापनाका लागि कच्चापदार्थ (घर बनाउन बाँस, घेरबेरका लागि खर र झुत्रा बोरा आदि) अधिकांश आफ्नै वरपर पाइने चिज छन् । उत्पादन लिन चाहिने मुख्य कच्चा पदार्थ पराल र गहुँको भुस जति पनि सरल मूल्यमा आफ्नै वरपर पाइने भएपछि बीउ र केही  औषधिमात्र बजारको भरपर्दो ठाउँबाट ल्याउनुपरेको उनी बताउँछन् ।

‘प्रत्येक पटक २८ दिनमा उत्पादन तयार हुन्छ’, मनिषकुमार भन्छन्, ‘तयार हुनासाथ व्यापारीले यहीँबाटै लान्छन् ।’ प्रयत्न नै नगरी केही भएन भन्ने गुनासो गर्ने प्रवृत्ति पनि देखिएको बताउँदै उनले आफूलाई सीपसँग जोड्ने, सीपलाई श्रमसँग र त्यसलाई उद्यममा परिणत गर्नुपर्ने युवापुस्तालाई उनको सुझाव छ ।

‘सीप र श्रम जुटेपछि उद्यमका लागि रकमको सहयोग गर्ने पाइन्छन्’, उनी भन्छन्, ‘खासगरी वैदेशिक रोजगारीबाट फर्केकाहरूले आफ्नै बलबुताबाट यो गर्न सक्छन् ।’ लामो समय विदेश रहेको अनुभवबाट आफूलाई उता बगाइने पसिना अब आफ्नै ठाउँमा बगाउन प्रेरणा जागेको मनिषकुमारले बताए ।

‘हाम्रो यस ठाउँमै सम्भावना छन्, आफ्नो सीप र दक्षताअनुसार हामीले कामको क्षेत्र छनोट गर्नुपर्छ’, उनी भन्छन्, ‘सङ्कल्प र लगनचाहिँ चाहिन्छ ।’ आफ्ना पुस्ताका विदेश रहेका थुप्रै साथी अहिले अब यतै काममा जुट्ने मनस्थिति बनाइरहेका मनिषकुमारको भनाइ छ । रासस

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ८ : ११ बजे

गौरिया धान खेती र चामलको व्यापारमा रमाएका चक्रपाणि

म्याग्दी– मङ्गला गाउँपालिका–५ पीपलबोटका ६१ वर्षीय चक्रपाणि भण्डारीले यस वर्ष

मजदुरीबाट सिकेको सीपबाट उद्यमी बनेका मेघबहादुर

म्याग्दी– बिहानको उज्यालोसँगै म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित बङ्गुर फार्ममा मेघबहादुर

विदेशमा आर्जित रकम र सीप उद्यममा लगाउँदै मनिषकुमार

महोत्तरी– लाउँलाउँ खाउँखाउँको किशोर र जवानीको उमेर विदेशमा पसिना बगाएका महोत्तरीको

अपी हिमाल : जहाँ प्रकृति बोल्छ

बझाङ– चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन ।

मोदीसँग वार्तादेखि राष्ट्रपतिसँग शिष्टाचार भेटसम्म, यस्तो छ बालेनको आजको कार्यतालिका

काठमाडौं–  भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)