मध्यपश्चिम विश्वविद्यालयमा ७ डिन र २ निर्देशकका पदमा आवेदन खुला « Khabarhub

मध्यपश्चिम विश्वविद्यालयमा ७ डिन र २ निर्देशकका पदमा आवेदन खुला


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मध्यपश्चिम विश्वविद्यालयले रिक्त रहेका सातवटा ग्राजुएट स्कुलका डिन र दुईवटा निर्देशनालयका निर्देशक गरी कुल ९ वटा नेतृत्वदायी पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

विश्वविद्यालयले सूचना जारी गर्दै ग्राजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री साइन्स, ग्राजुएट स्कुल अफ एजुकेसन, ग्राजुएट स्कुल अफ इन्जिनियरिङ, ग्राजुएट स्कुल अफ ह्युमानिटिज एन्ड सोसल साइन्स, ग्राजुएट स्कुल अफ ल, ग्राजुएट स्कुल अफ म्यानेजमेन्ट र ग्राजुएट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीका लागि एक-एक जना डिन माग गरेको हो ।

त्यस्तै, विश्वविद्यालयअन्तर्गतका अनुसन्धान निर्देशनालय र पाठ्यक्रम विकास निर्देशनालयका लागि एक–एक जना निर्देशक नियुक्त गर्न दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ ।

मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ तथा विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनिक नियमावली, २०६९ (आठौँ संशोधन) मा भएको कानुनी व्यवस्थाबमोजिम योग्यता र क्षमताका आधारमा प्रतिस्पर्धात्मक प्रक्रियाबाट पदाधिकारी छनोट गर्न लागिएको विश्वविद्यालयले स्पष्ट पारेको छ ।

उच्च शिक्षा क्षेत्रमा विगतमा हुँदै आएको राजनीतिक भागबन्डा र नियुक्तिको पुरानो परम्परा तोड्दै योग्यता, क्षमता र खुला प्रतिस्पर्धाका आधारमा नेतृत्व चयन गर्ने महत्वपूर्ण पहलका रूपमा यस प्रक्रियालाई हेरिएको छ।

इच्छुक तथा योग्य उम्मेदवारले व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताका प्रमाणपत्र र कार्यानुभवको प्रमाणित प्रतिलिपिसहित विश्वविद्यालयको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना पेस गर्नुपर्नेछ ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  १० : ३५ बजे

मध्यपश्चिम विश्वविद्यालयमा ७ डिन र २ निर्देशकका पदमा आवेदन खुला

काठमाडौँ– मध्यपश्चिम विश्वविद्यालयले रिक्त रहेका सातवटा ग्राजुएट स्कुलका डिन र

एनपीएलका आठ कप्तान : कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर

काठमाडौँ– कसैले कप्तानीमा टोलीलाई पहिलोपटक च्याम्पियन बनाए, कसैले लगातार दोस्रोपटक फाइनलसम्म

अमेरिकी तल्लो सदनमा डेमोक्रेटको ऐतिहासिक जित, १९९२ यताकै धेरै सिट

वासिङ्टन– अमेरिकी प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले २५८ सिट जित्दै सन् १९९२

दिल्लीमा प्रधानमन्त्री बालेनको दोस्रो दिन : जनकपुर-अयोध्या रेलमार्गले जोड्ने विश्वास

जनकपुरधाम– जनकपुरधाम र अयोध्यालाई रेलमार्गले जोड्ने योजनाले राम–सीताको पवित्र सम्बन्धसँग

बागलुङवासी सुस्ताउने ‘ऐतिहासिक पार्क’ (तस्बिरहरू)

बागलुङ– घना बस्ती भएको बागलुङ बजार साँघुरो छ । बजार क्षेत्रमा