बाँदरको उप्रदो : हरियो मस्याङ काट्न बाध्य छन् किसान « Khabarhub

बाँदरको उप्रदो : हरियो मस्याङ काट्न बाध्य छन् किसान


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– बाँदरको बढ्दो उपद्रोका कारण भोजपुरका किसानले राम्रोसँग पाक्न नपाउँदै हरियो मस्याङ (दाल) काटेर थन्क्याउन थालेका छन् । धानबाली भित्र्याउने चटारोका बीच खेतको आलीमा लगाएको मस्याम बाँदरबाट जोगाउन नसकेपछि किसान समय अगावै बाली भित्र्याउन बाध्य भएका हुन् ।

रामप्रसाद राई गाउँपालिका–४ दलगाउँकी किसान गोमादेवी कार्कीले बाँदरका कारण खेतमा लगाएको मस्याङ जोगाउन समस्या भएको बताइन् । धानसँगै खेतको आलीमा मस्याम खेती गरेकी उनले धान भित्र्याइसकेपछि बाँदरबाट बाली जोगाउन झनै कठिन हुने भएकाले कोसा राम्ररी नपाक्दै काट्नुपर्ने अवस्था आएको बताइन् । 

भोजपुर नगरपालिका–५ बोखिमकी किसान कमला थापाले बाँदरले मस्याङमा क्षति पुर्‍याएको बताए । धान थन्क्याउने काममा व्यस्त हुनुपर्दा बाँदरको निगरानी गर्न नसकिएको उनको भनाइ छ । 

उनले करिब १४ रोपनी खेतको आलीमा मस्याङ खेती गरेकी छन् । आलीमा लगाएको मस्याङ बाँदरले सखाप पारेपछि बाँकी रहेको बाली हरियो अवस्थामै काट्नुपरेको उनले सुनाइन् ।

यस वर्ष डेढ मुरी मस्याङ उत्पादन हुने अनुमान गरेकी थापाले समयअगावै काट्नुपर्दा उत्पादनमा केही कमी आउने बताइन् । उनका अनुसार मस्याम स्थानीय बजारमा प्रतिकिलो रु १८० देखि २०० सम्ममा बिक्री हुने गरेको छ । समयमै राम्रोसँग पाक्न पाए उत्पादनबाट राम्रो आम्दानी गर्न सकिने भए पनि बाँदरको समस्याले किसानको अपेक्षामा असर पुर्‍याएको उनको भनाइ छ ।  

धानबालीसँगै खेतको आलीमा मस्याङ लगाएर अतिरिक्त आम्दानी गर्ने उद्देश्य राखेकी उनी बाँदरको त्रासले समयअगावै बाली भित्राउन बाध्य बनेका हुन् ।

सामान्यतया मस्याङका कोसा राम्रोसँग सुकेपछि मात्र काटेर भण्डारण गर्ने गरिन्छ । बाँदरबाट हुने क्षति रोक्न किसानले हरियो अवस्थामै काट्न थालेका छन् । यसरी अपरिपक्व अवस्थामा काट्दा दाना राम्रोसँग नपाक्ने, तौल घट्ने र उत्पादनको गुणस्तरमा असर पर्ने किसानको चिन्ता छ । रासस

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  १२ : १९ बजे

इटहरीमा गुडिरहेको कारमा अचानक आगलागी, सवार पाँच जना सकुशल (तस्बिरहरू)

काठमाडौं– सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको कारमा अचानक आगलागी भएको छ

प्रधानमन्त्री शाहको प्रतिबद्धता- गान्धीको आदर्शबाट नेपाल–भारत सम्बन्ध बलियो बनाउनुपर्छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले महात्मा गान्धीका सत्य, अहिंसा र

बाँदरको उप्रदो : हरियो मस्याङ काट्न बाध्य छन् किसान

भोजपुर– बाँदरको बढ्दो उपद्रोका कारण भोजपुरका किसानले राम्रोसँग पाक्न नपाउँदै

भारत भ्रमणमा मोदीलाई बालेनको रुद्राक्ष उपहार

काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले

उपत्यकामा ५६६ सवारीचालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने