राजघाटबाट प्रधानमन्त्री बालेनको लिखित सन्देश : ‘करुणा नै सर्वोच्च शक्ति हो’ « Khabarhub

राजघाटबाट प्रधानमन्त्री बालेनको लिखित सन्देश : ‘करुणा नै सर्वोच्च शक्ति हो’


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – प्रधानमन्त्री बालेन्द्र शाहले साँचो नेतृत्व समाजका सबैभन्दा विनम्र तथा कमजोर वर्गको निःस्वार्थ सेवामा निहित रहेको बताएका छन्।

भारत भ्रमणमा रहेका शाहले सोमबार नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरेपछि आगन्तुक पुस्तिकामा उक्त धारणा व्यक्त गरेका हुन्।

भगवान् बुद्धको जन्मभूमि नेपालबाट आएको उल्लेख गर्दै उनले गान्धीको विरासतमा त्यही अमर प्रकाश देखेको र करुणा नै सर्वोच्च शक्ति भएको बताएका छन्।

आगन्तुक पुस्तिकामा लेखिएको सन्देशमा प्रधानमन्त्री शाहले गान्धीको जीवनले सत्यको शक्ति अन्य कुनै पनि बलभन्दा अतुलनीय रहेको विश्वलाई प्रमाणित गरेको उल्लेख गरेका छन्।

नेपाली जनता र नेपाल सरकारका तर्फबाट गहिरो श्रद्धाञ्जलि अर्पण गर्दै उनले नेपाल र भारत साझा भूगोलले मात्र नभई विश्वास, आत्मीयता र दिगो मैत्रीको शाश्वत सम्पदाबाट जोडिएको बताएका छन्।

गान्धीको कालजयी भावनाको सम्मान गर्दै प्रधानमन्त्री शाहले गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ दुई देशबीचको दिगो सम्बन्धलाई अझ प्रगाढ बनाउने नेपालको दृढ प्रतिबद्धता पुनः दोहोर्‍याएका छन्। उनले गान्धीका आदर्शहरूले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्वतर्फको साझा यात्रालाई निरन्तर मार्गदर्शन गरिरहने विश्वास पनि व्यक्त गरेका छन्।

बालेन सन्देशको नेपाली अनुवाद

यस पवित्र स्थलमा म महात्मा गान्धीप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दछु, जसको जीवनले कुनै पनि बलभन्दा अतुलनीय शक्ति सत्यमा निहित रहेको विश्वलाई प्रमाणित गर्‍यो ।

नेपाली जनता र नेपाल सरकारका तर्फबाट म आफ्नो गहिरो श्रद्धाञ्जलि अर्पण गर्दछु । भगवान् बुद्धको जन्मभूमिबाट आएको म गान्धीजीको विरासतमा त्यही अमर प्रकाश देख्दछु : करुणा नै सर्वोच्च शक्ति हो भन्ने गहिरो सत्य, र हामीमध्ये सबैभन्दा विनम्रको निःस्वार्थ सेवामा साँचो नेतृत्व निहित रहन्छ भन्ने सत्य ।

नेपाल र भारत साझा भूगोलले मात्र होइन, तर विश्वास, आत्मीयता र दिगो मैत्रीको शाश्वत सम्पदाबाट जोडिएका छन् । गान्धीजीको कालजयी भावनाको सम्मान गर्दै, म गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ यो दिगो सम्बन्धलाई बलियो बनाउने नेपालको दृढ प्रतिबद्धता पुनः दोहोर्‍याउँछु ।

गान्धीजीका आदर्शले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्वतर्फको हाम्रो साझा यात्रालाई निरन्तर उज्यालो प्रदान गरिरहून् ।

वालेन्द्र शाह
प्रधानमन्त्री नेपाल
२३ नोभेम्बर २०२६

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  १ : १५ बजे

सुरक्षित बसोबास र पोषणको समस्याबारे मन्त्री बादीसँग राउटेको गुनासो

काठमाडौँ- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता

ट्रम्पको पहल बेवास्ता गर्दै किमले बढाए कूटनीतिक सक्रियता

प्योङयाङ – उत्तर कोरियाली नेता किम जोङ उनले राष्ट्रिय सार्वभौमिकता

राजघाटबाट प्रधानमन्त्री बालेनको लिखित सन्देश : ‘करुणा नै सर्वोच्च शक्ति हो’

काठमाडाैँ – प्रधानमन्त्री बालेन्द्र शाहले साँचो नेतृत्व समाजका सबैभन्दा विनम्र

युक्रेनमा रुसी हवाई आक्रमण : १४ जनाको मृत्यु, १५ भन्दा बढी घाइते

किएभ-  युक्रेनको राजधानी किएभ आसपासका क्षेत्रमा रुसले गरेको हवाई आक्रमणमा कम्तीमा

करण जोहरको ‘कफी विथ करण’ माथि स्क्रिप्टेड भएको आरोप

काठमाडौं– बलिउडका चर्चित सेलिब्रेटी च्याट शोमध्ये एक ‘कफी विथ करण’