श्रद्धाको फिल्मसँग प्रदर्शन मिति जुधेपछि सलमानले मागे माफी,- ‘दुवै फिल्म हेर्नुहोला’  « Khabarhub

श्रद्धाको फिल्मसँग प्रदर्शन मिति जुधेपछि सलमानले मागे माफी,- ‘दुवै फिल्म हेर्नुहोला’ 


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एउटै मितिमा दुई ठूला बलिउड फिल्म प्रदर्शन हुने भएपछि बक्स अफिसमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो। तर, अभिनेता सलमान खानले भने आफ्नो फिल्म अभिनेत्री श्रद्धा कपूरको फिल्मसँग जुधेपछि उनीसँग माफी नै मागेका छन्। 

सलमानको आगामी फिल्म ‘मातृभूमि स् मे वार रेस्ट इन पिस’ र श्रद्धाको ‘ईथा’ आगामी डिसेम्बर ४ अर्थात् मंसिर १८ गते एकसाथ प्रदर्शन हुँदैछन्। रोचक कुरा त के छ भने, यो मिति तय गर्दा श्रद्धाको फिल्म पनि सोही दिन आउनेबारे आफूलाई जानकारी नभएको सलमानले बताएका छन्।

हैदराबादमा आयोजित एबीपी लाइभ साउदर्न राइजिङ समिटमा कुराकानी गर्दै सलमानले आफूले श्रद्धालाई फोन गरेर माफी मागिसकेको खुलासा गरे। उनका अनुसार श्रद्धाले दुवै फिल्मका लागि पर्याप्त सिनेमा हल रहेको भन्दै आफूलाई सहज बनाएकी थिइन्। सलमानले पनि दर्शकलाई आफ्नो फिल्मसँगै श्रद्धाको फिल्म हेर्न आग्रह गरेका छन्।

कार्यक्रममा सलमानले आफ्नो फिल्मको रिलिज मिति पटक-पटक परिवर्तन हुनुको कारण पनि खुलाए। सञ्चारकर्मीका लागि गरिएको विशेष प्रदर्शनमा फिल्मको भिजुअल इफेक्ट्स (भीएफएक्स) मा कमजोरी देखिएपछि त्यसलाई सुधार्न थप समय लागेको उनको भनाइ छ। सुरुमा नोभेम्बर २० मा प्रदर्शन गर्ने तयारी भए पनि विभिन्न फिल्मसँग मिति जुध्ने भएपछि अन्ततः डिसेम्बर ४ तय गरिएको थियो।

अपूर्व लाखिया निर्देशित ‘मातृभूमि’ सन् २०२० मा भारत र चीनका सैनिकबीच गलवान उपत्यकामा भएको झडपबाट प्रेरित छ। फिल्ममा सलमानसँगै चित्रांगदा सिंह र नेपाली अभिनेता अनुपविक्रम शाहीको पनि अभिनय छ।

त्यस्तै, लक्ष्मण उतेकर निर्देशित ‘ईथा’ मराठी लोककलाकार विठाबाई नारायणगाउँकरको जीवनमा आधारित बायोपिक हो। यसमा श्रद्धासँगै रणदीप हुड्डा, मोहम्मद जिसान अय्युब र सिद्धार्थ जाधवको अभिनय छ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ३ : २६ बजे

नेपालले पाएन हवाई रुट

काठमाडौं- भारतबाट थप हवाई रुट प्राप्त गर्ने नेपालको अपेक्षा प्रधानमन्त्री

आईजीपी केसीको नामको म्याद बुझ्न प्रहरी मुख्यालयले इन्कार गरेपछि सर्वोच्चले पुनः जारी गर्‍यो म्याद

काठमाडौँ – सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) डा.

श्रद्धाको फिल्मसँग प्रदर्शन मिति जुधेपछि सलमानले मागे माफी,- ‘दुवै फिल्म हेर्नुहोला’ 

काठमाडौँ– एउटै मितिमा दुई ठूला बलिउड फिल्म प्रदर्शन हुने भएपछि बक्स

व्यवसायको लागत बढाउने र असान्दर्भिक पुराना कानुन खारेज गरिँदै : मन्त्री गौतम

काठमाडौँ- सरकारले नागरिक तथा व्यवसायीको आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने र व्यवसाय

‘विकसित भारत’ र ‘समुन्नत नेपाल’ भन्दै मोदीले गरे बहुआयामिक सहकार्यको घोषणा (पूर्णपाठ)

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन