एनपीएललाई ‘होम एन्ड अवे’ प्रणालीमा खेलाउन रंगशाला निर्माणको तयारी तीव्र « Khabarhub

एनपीएललाई ‘होम एन्ड अवे’ प्रणालीमा खेलाउन रंगशाला निर्माणको तयारी तीव्र


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) लाई ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने लक्ष्यसहित सरकारले रंगशाला निर्माण तथा स्तरोन्नतिको तयारी तीव्र बनाएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा खेलकुद पूर्वाधार निर्माण, लगानीको मोडेल, लिज प्रक्रिया र प्राविधिक मापदण्डबारे छलफल भएको हो ।

बैठकमा सरकारले सीमित बजेटबाट मैदान सम्याउनेलगायत आधारभूत पूर्वाधार तयार गरी सर्तसहित लिजमा दिने वा निजी क्षेत्रलाई जग्गा लिजमा उपलब्ध गराएर निर्माण तथा सञ्चालनको जिम्मेवारी दिने दुई विकल्पमाथि विमर्श भएको थियो ।

मन्त्री पोखरेलले सरकार र निजी क्षेत्रको साझेदारीबाट खेलकुद पूर्वाधार विकासलाई गति दिन सकिने बताए । सरकारले आधारभूत पूर्वाधार तयार गरिदिँदा निजी क्षेत्रलाई थप संरचना निर्माण तथा स्तरोन्नति गर्न सहज हुने उनको भनाइ थियो ।

उनले फाप्ला क्रिकेट मैदानको टेन्डर प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै एनपीएलमा सहभागी टिमका सञ्चालकहरूसँग यही हप्ताभित्र छलफल गरी आवश्यक पूर्वाधार र लिज सम्झौताको प्रक्रिया अघि बढाइने बताए ।

‘हामीले सीमित बजेटबाटै भए पनि मैदान सम्याउनेजस्ता आधारभूत पूर्वाधार तयार गरिदिएर सरोकारवाला पक्षलाई लिजमा दिन सक्छौँ, जसले गर्दा उहाँहरूलाई स्तरोन्नति गर्न सहज हुन्छ,’ मन्त्री पोखरेलले भने ।

बैठकमा एनपीएलको छैटौँ संस्करणसम्म प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने लक्ष्यका व्यावहारिक तथा प्राविधिक पक्षबारे पनि छलफल भएको थियो ।

क्रिकेटमा रिभ्यु प्रणालीलगायत प्रविधि प्रयोग गर्न फुटबलको तुलनामा बढी खर्च लाग्ने भएकाले एकैपटक आठवटै मैदानमा आवश्यक प्रविधि जडान गर्न चुनौती रहेको निष्कर्ष बैठकले निकालेको छ । त्यसका लागि ठूला सहरबाट क्रमशः प्रविधि तथा पूर्वाधार विस्तार गर्दै लैजान सकिने विषयमा छलफल भएको छ ।

प्रस्तावित रंगशाला तथा खेलमैदानलाई ठूला प्रतियोगिता सञ्चालनमा मात्र सीमित नराखी दैनिक अभ्यास, खेलकुद एकेडेमी, स्थानीय लिग र ग्रासरुट तहका गतिविधिका लागि समेत प्रयोग गर्ने विषयमा बैठकले जोड दिएको छ ।

सरकारले सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यमा खेलकुद पूर्वाधार विस्तार गर्दै एनपीएललाई देशका विभिन्न सहरमा सञ्चालन गर्न आवश्यक आधार तयार गर्ने गृहकार्य अघि बढाएको हो ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ३ : ५३ बजे

प्रधानमन्त्री बालेन र राष्ट्रपति मुर्मूबीच भेटवार्ता

नयाँदिल्ली- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी

एनपीएललाई ‘होम एन्ड अवे’ प्रणालीमा खेलाउन रंगशाला निर्माणको तयारी तीव्र

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) लाई ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन

निजामती सेवाप्रतिको जनविश्वास फर्काउन प्रशासनिक सुधार आवश्यक : मन्त्री रावल

ललितपुर- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

नेपालले पाएन हवाई रुट

काठमाडौं- भारतबाट थप हवाई रुट प्राप्त गर्ने नेपालको अपेक्षा प्रधानमन्त्री

आईजीपी केसीको नामको म्याद बुझ्न प्रहरी मुख्यालयले इन्कार गरेपछि सर्वोच्चले पुनः जारी गर्‍यो म्याद

काठमाडौँ – सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) डा.