नेपाल–भारत ऊर्जा सहकार्य : अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण हस्तान्तरण « Khabarhub

नेपाल–भारत ऊर्जा सहकार्य : अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण हस्तान्तरण

१२ अर्बको पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनल बन्ने


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार विकासमा सहकार्य विस्तार गर्ने क्रममा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण हस्तान्तरण गरिएको छ। साथै, झापाको चारआलीमा नयाँ ग्रीनफिल्ड आयल स्टोरेज टर्मिनल निर्माणको शिलान्यास गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीबाट संयुक्त रूपमा बटन थिचेर अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण हस्तान्तरण तथा झापामा नयाँ आयल टर्मिनलको शिलान्यास गरेका हुन्।

अमलेखगञ्ज टर्मिनलको क्षमता र प्रविधिमा विस्तार

पाइपलाइनको दोस्रो चरणअन्तर्गत अमलेखगञ्जस्थित पेट्रोलियम टर्मिनलको क्षमता विस्तार र आधुनिकीकरण गरिएको छ। परियोजनाअन्तर्गत ४ हजार १०० किलोलीटर क्षमताका दुईवटा पेट्रोल भण्डारण ट्याङ्क निर्माण गरिएका छन्।

त्यस्तै, २४-बेको स्वचालित ट्याङ्कर लोडिङ ग्यान्ट्री, टर्मिनल अटोमेसन प्रणाली, गुणस्तर नियन्त्रण प्रयोगशाला र अग्नि नियन्त्रण सुविधासमेत निर्माण तथा स्तरोन्नति गरिएको छ।

परियोजना सम्पन्न भएसँगै अमलेखगञ्ज नेपालको पहिलो अत्याधुनिक पेट्रोलियम टर्मिनल बनेको छ। नेपाल र भारत सरकारबीच सन् २०१५ मा भएको सरकारीस्तरको (जीटूजी) सम्झौता तथा नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेसनबीच भएको व्यावसायिकस्तरको (बीटूबी) सम्झौताअनुसार परियोजना अघि बढाइएको हो।

झापामा ५० किलोमिटर लामो पाइपलाइन

यसैगरी, झापाको चारआलीमा निर्माण हुने नयाँ आयल स्टोरेज टर्मिनलमा भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म करिब ५० किलोमिटर लामो पाइपलाइन बिछ्याइनेछ।

आठ इन्च व्यासको उक्त पाइपलाइनमध्ये ३६ किलोमिटर भारत र १४ किलोमिटर नेपालतर्फ पर्नेछ। परियोजनाअन्तर्गत पेट्रोल भण्डारणका लागि ६ हजार ६०० किलोलीटर र डिजेलका लागि १२ हजार ३०० किलोलीटर क्षमताका ठाडा भण्डारण ट्याङ्क निर्माण गरिनेछ।

भारत सरकारको पूर्ण अनुदानमा निर्माण हुने यो परियोजनाले पूर्वी नेपालमा पेट्रोलियम पदार्थको भण्डारण तथा आपूर्ति व्यवस्थापनलाई सहज बनाउने अपेक्षा गरिएको छ।

यी दुवै परियोजना सञ्चालनमा आएपछि नेपालको पेट्रोलियम भण्डारण क्षमता विस्तार हुनुका साथै इन्धन आपूर्ति र वितरण प्रणाली थप व्यवस्थित तथा आधुनिक हुने विश्वास गरिएको छ।

अमलेखगञ्ज र झापामा आयोजित कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, भारतीय दूतावास र इण्डियन आयल कर्पोरेसनका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, नेपाल आयल निगमका पदाधिकारी, पेट्रोलियम व्यवसायी तथा सञ्चारकर्मीको उपस्थिति थियो।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ७ : ०५ बजे

प्रधानमन्त्री बालेनले फेसबुकमा लेखे- ‘धन्यवाद मोदीज्यू र भारतीय जनता’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले दुईदिने औपचारिक भारत भ्रमण पूरा

जिपको ढोकाबाट खस्दा एक जनाको मृत्यु

सिन्धुली – सिन्धुलीमा गुडिरहेको जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको

नेपाल–भारत ऊर्जा सहकार्य : अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण हस्तान्तरण

काठमाडौँ – नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार विकासमा सहकार्य विस्तार

चितवनमा तीन हजार २८२ को निःशुल्क आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सहकार्यमा