जिपको ढोकाबाट खस्दा एक जनाको मृत्यु « Khabarhub

जिपको ढोकाबाट खस्दा एक जनाको मृत्यु


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – सिन्धुलीमा गुडिरहेको जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ।

सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकालीस्थित भित्री सडकखण्डमा आइतबार बिहान भएको दुर्घटनामा घ्याङलेख गाउँपालिका–४ बन्दीपुरका ५८ वर्षीय मानध्वज योञ्जनको मृत्यु भएको हो।

प्रहरीका अनुसार बिहान ९ः३० बजे घ्याङलेखबाट सिन्धुलीतर्फ जाँदै गरेको बा २१ च ८३२५ नम्बरको डबल क्याब बोलेरो जिपमा सवार योञ्जन ढोकाको लक समातेर बसेका थिए। सोही क्रममा अचानक लक खुलेपछि उनी जिपबाट सडकमा खसेर घाइते भएका थिए।

घाइते योञ्जनलाई सोही जिपमा राखेर उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्‍याइएको थियो। अस्पतालमा उपचारकै क्रममा बिहान ९ः५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले जिप र चालक कमलामाई नगरपालिका–५ सिलामेका २४ वर्षीय टेकबहादुर स्याङ्बोलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ७ : ११ बजे

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौँ- भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह

प्रधानमन्त्री बालेनले फेसबुकमा लेखे- ‘धन्यवाद मोदीज्यू र भारतीय जनता’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले दुईदिने औपचारिक भारत भ्रमण पूरा

जिपको ढोकाबाट खस्दा एक जनाको मृत्यु

सिन्धुली – सिन्धुलीमा गुडिरहेको जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको

नेपाल–भारत ऊर्जा सहकार्य : अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण हस्तान्तरण

काठमाडौँ – नेपाल र भारतबीच पेट्रोलियम पूर्वाधार विकासमा सहकार्य विस्तार

चितवनमा तीन हजार २८२ को निःशुल्क आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सहकार्यमा