चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस « Khabarhub

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी सरगर्मी बढेको छ । मतदातामा चुनावी उत्साह देखिन थालेको छ । स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस सुरु भएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा छवटा निर्वाचन क्षेत्र रहेका छन्, जसमा एक सय १८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नं १ मा १८ जना, क्षेत्र नं २ मा १७, क्षेत्र नं ३ मा २१, क्षेत्र नं ४ मा २१, क्षेत्र नं ५ मा २२ र क्षेत्र नं ६ मा २० जनाको उम्मेदवारी परेको छ । 

निर्वाचन आयोगमा उम्मेदवारी दर्ता भएसँगै जिल्लाका छवटै निर्वाचन क्षेत्रमा चुनावी चहलपहल सुरु भएको हो । निर्वाचन प्रचारप्रसारको औपचारिक सुरुआतअगावै उम्मेदवारहरूले घरदैलो कार्यक्रमलाई तीव्रता दिएको पाइन्छ ।

मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले मतदातासँग भेटघाटलाई तीव्रता दिइरहेका छन्। उनीसँगै श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगर पनि मतादाताको घरदैलोमा भेटिन्छन् । 

बिहानैदेखि उम्मेदवारहरू मतदाताको घरआँगनमा पुग्न थालेपछी स्थानीयमा चुनावको सरगर्मी बढेको नेपाली कांग्रेस मोरङ–३ का क्षेत्रीय सचिव राजेन्द्रबहादुर अधिकारी बताउँछन् । हाम्रो महत्त्वपूर्ण एजेन्डा भनेको नयाँ मतदातालाई कांग्रेसको पक्षमा मत हाल्ने वातावरण बनाउने हो, तसर्थ हामी हाम्रो पार्टी र उम्मेदवारका तर्फबाट शिक्षा, स्वास्थ्य, रोजगार र प्रविधिकेन्द्रित रणनीति रहन्छ ।

यस्ता कार्यक्रमले हाम्रा प्रतिस्पर्धी दलका उम्मेदवारभन्दा हाम्रा उम्मेदवार स्वभावतः लोकप्रिय हुने आशावादी छौँ सचिव अधीकारीले बताए । यसपटक हाम्राभन्दा पनि राम्रा उम्मेदवार छानेर मतदान गर्ने मोरङ क्षेत्र नं २ अमरदहका विदुर आचार्यले बताए। 

जनभावना बुझ्ने नेता नै मतदाताको रोजाइमा पर्ने उनले बताए। ‘समय फेरिएको छ, भोट हालिसकेर पछुताउनुभन्दा त्यसअघि नै सचेत भएर भोट हाल्ने योजनामा हामी छौँ’, मोरङ क्षेत्र नं ४ कसेनीका अमिन चौधरीले बताए।

मोरङ क्षेत्र नं १ केराबारीस्थित भेटिएका ज्येष्ठ नागरिक शंकर पोख्रेल अर्का एक व्यक्तिसँग चुनावी बहस गर्दै भन्दै थिए, ‘यसपटक सचेत भएर विकासप्रेमी उम्मेदवारलाई मत हाल्नुपर्छ, चुनाव जितेर गाउँ भुल्ने उम्मेदवारलाई मत नदिने ।’ 

जिल्लामा यसपटक सात लाखभन्दा बढी मतदाता पुगेका छन् । निर्वाचन आयोगका अनुसार अघिल्लो निर्वाचनको तुलनामा यसपटक मोरङमा ४७ हजार ५२५ मतदाता थपिएका हुन् ।

 मोरङमा पुरुष मतदाता तीन लाख ९९ हजार ६८६ र महिला तीन लाख ८३ हजार ३५७ रहेका छन् । निर्वाचन आयोगको वेबसाइटमा उपलब्ध तथ्यांकअनुसार मोरङमा कुल मतदाता सङ्ख्या सात लाख ८३ हजार ५० पुगेको हो ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ६ : ५८ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा