मनाङमा एमाले र राप्रपाले फिर्ता लिए उम्मेदवारी, कांग्रेसलाई समर्थन « Khabarhub

मनाङमा एमाले र राप्रपाले फिर्ता लिए उम्मेदवारी, कांग्रेसलाई समर्थन


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

मनाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारले आ–आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन् । 

एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार कुविरसिङ गुरुङले मनोनयन फिर्ताका लागि निवेदन दिएका छन् । 
    
उम्मेदवारी फिर्ताको पत्र दर्ता भइसकेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए ।

अब कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारबीच निर्वाचनमा मुख्य प्रतिस्पर्धा भएको छ । कांग्रेसले टेकबहादुर गुरुङ र नेपाली कम्युनिष्ट पार्टीले यशोदा सुवेदी गुरुङलाई उम्मेदवार बनाएको छ । 
    
मनोनयन फिर्ताको निवेदनमाथि शुक्रबार दिउँसो निर्णय हुने मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । 

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १ : ४५ बजे

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय