तेरियाको डेब्यू फिल्मको सुटिङ सुरु, हिरो दयाहाङ « Khabarhub

तेरियाको डेब्यू फिल्मको सुटिङ सुरु, हिरो दयाहाङ


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा समेत ख्याति कमाएकी नेपाली डान्सर तेरिया मगरले डेब्यू फिल्म ‘मितज्यू’को सुटिङ सुरु गरेकी छन् ।

सरस्वती पूजाको अवसर पारेर यो फिल्मको सुटिङ सुरु गरिएको हो । निर्माण पक्षले दाङको अम्बिकेश्वरी मन्दिरमा पूजा गरेर सुटिङलाई गति दिएको छ ।

‘डान्स इन्डिया डान्स लिटिल मास्टर-३’ र ‘झलक दिखला जा-९’को विजेता बन्दा तेरियालाई धेरै फिल्मको प्रस्ताव गएका थिए । उमेर सानै भएकाले उनले नायिकाको यात्रा तय गरिनन् ।

‘डान्स इन्डिया डान्स लिटिल मास्टर-३’ जित्दा उनी ११ वर्षकी थिइन् । त्यसको ३ वर्षपछि उनले ‘झलक दिखला जा-९’ जितेकी हुन् ।

युवा अवस्थामा प्रवेश गरेपछि उनले नायिका बन्ने इच्छा देखाइन् । लामो समय कुरेपछि उनले फिल्म ‘मितज्यू’ पाएकी हुन् । यस फिल्मको नायक दयाहाङ हुन् । नायक सौगात मल्ल पनि शीर्ष भूमिकामा रहेको बनाइएको छ ।

तेरियालाई डेब्यू गराउने निर्देशक अनिल बूढामगर हुन् । उनले यसअघि हिट फिल्म ‘घरज्वाइँ’ ल्याएका थिए । जुन उनको डेब्यू फिल्म हो ।

यो फिल्म आगामी वर्षको जेठ १५ गते प्रदर्शनमा ल्याउने योजनाका साथ अनिल छायाङ्कमा निस्किएका हुन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  २ : ०८ बजे

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी

टिप्पणी : ‘अल्गोरिदम’को शिकार त भइरहेका छैनन् मतदाता ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले

शाहरुख खानलाई ‘ग्लोबल स्टाइल आइकन’ अवार्डबाट सम्मानित गरिने

काठमाडौं- बलिउडका सुपरस्टार शाहरुख खानले छिट्टै दुबई मल ग्लोबल फेसन

आशिकाको जिकिर : भाइले झुक्किएर ईमेल पठाइदियो, उम्मेदवारी फिर्ता लिएकी छैन

काठमाडौं– धादिङबाट उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार आशिका तामाङले