जर्मनीको पीआर विवादमा आशिकाले फिर्ता लिइन् उम्मेदवारी, रास्वपामा खैलाबैला « Khabarhub

जर्मनीको पीआर विवादमा आशिकाले फिर्ता लिइन् उम्मेदवारी, रास्वपामा खैलाबैला


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

धादिङ– आफूलाई सामाजिक अभियन्ताका रुपमा स्थापित गराएकी आशिका तामाङ जर्मनीको पीआर विवादमा मुछिएकी छन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ बाट टिकट दिएपछि आशिका विवादमा परेकी हुन् ।

उनले टिकट लिनेबित्तिकै रास्वपा कार्यालय घण्टीघरमा ठूलो विवाद भएको थियो । अब जर्मनीको पीआर विवादमा मुछिएर तामाङले उम्मेदवारी फिर्ता लिनु परेको छ । उनको यो निर्णयका कारण रास्वपामा खैलाबैला भएको छ। आशिकालाई टिकट दिन जोडबल गरेका उपसभापति डोलप्रसाद अर्याल पनि विवादमा परेका छन् ।

उनले निर्वाचन आयोगले दिएको शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समयभित्रै प्रतिनिधि सभा निर्वाचन ऐनको अनुसूची-२२ अन्तर्गत फारम भरेर ईमेलमार्फत् उम्मेदवारी फिर्ता लिएकी हुन्।

धादिङ क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत एकराज अधिकारीले उम्मेदवारी फिर्ताका लागि आशिकाको ईमेल आएको जानकारी दिएका छन् । उनका अनुसार उम्मेदवारी फिर्ता लिन आशिकाले फोनसमेत गरेकी छन् ।

ईमेल पठाएकी उनी गल्छीस्थित निर्वाचन अधिकृतको कार्यालयमै स-शरीर उपस्थित भएर उम्मेदवारीबाट पछि हट्ने तयारी गरेकी छन् ।

उनले आफूले राजीखुसी प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा २५ (१) बमोजिम आफ्नो नाम फिर्ता लिन लागेको सूचना दिएको व्यहोरा ईमेलमा लेखेकी छन् ।

उनी आफैंले भने अहिलेसम्म यसबारेमा सार्वजनिक रुपमा केही पनि बोलेकी छन् । आशिकासँग जर्मनीको स्थायी आवासीय अनुमति पत्र छ । त्यहीकारण उनले निर्वाचन अधिकृतको कार्यालयमा ईमेल लेखेर उम्मेदवारी फिर्ता लिएकी हुन् ।

तामाङलाई काठमाडौंस्थित जर्मन दूतावासले बोलाएसँगै हतार हतार उनले ईमेल लेखेकी हुन् । स्थायी आवासीय अनुमति (पीआर) सम्बन्धी विषयमा प्रश्न उठेपछि दूतावासले उनलाई छलफलका लागि बोलाएको थियो । दूतावास छिर्नुअघि नै उनले ईमेल लेखेर नाम फिर्ता लिएकी हुन् ।

आशिका धादिङको गजुरी गाउँपालिकाको मलेखु निवासी हुन् । उनले कमेडियन हिमेस पन्तलाई जिल्याउँदै टिकट लिएकी थिइन् ।

आशिकाले सुरूमा जिल्ला प्रशासन कार्यालय धादिङबाट ५३८६ नम्बरको नेपाली नागरिकता बनाएकी थिइन्। उनले सन् २०१४ जुन २ मा ०७४५११५६ नम्बरको नेपाली राहदानीबाट जर्मनी पुगिन् । उनले त्यहाँ एकजना वृद्ध थोमस इन्टेकोफरसँग विवाह गरेकी थिइन् । अहिले उनीहरूका १० वर्षीय छोरा र ५ वर्षीया छोरी छन्।

आशिकाले सन् २०१७ नोभेम्बर ७ (२०७४ कात्तिक २१) मा जर्मनीको स्थायी आवासीय अनुमति (पीआर) लिएकी थिइन् । सन् २०२३ जुन ९ मा पीए १७८८६८४ नम्बरको नेपाली राहदानी बनाएकी उनी २०८२ असार ५ गते जर्मनी पुगेर नेपाल फर्किएकी थिइन्। उनले त्यसबेला जर्मनीको स्थायी आवासीय अनुमति कार्ड नवीकरण गराएर आएकी थिइन् ।

उनले म्याद गुज्रिएको स्थायी आवासीय अनुमति कार्ड (सिरियल नम्बर वाइओपीजेड ५५ वाइ डब्लुएच) को साटो ९२५१६८ नम्बर तथा वाइजेडजेएलसी ७४६ एक्स संकेत नम्बर भएको नयाँ कार्ड लिएकी थिइन् । उक्त कार्डको म्याद २०३३ जुन ८ सम्म छ ।

नेपालको संविधानको धारा २९१, निर्वाचन आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनअनुसार विदेशको स्थायी आवासीय अनुमति लिएका नेपाली नागरिक निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदका लागि अयोग्य हुन्छन्।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  २ : ४२ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र