गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव « Khabarhub

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको निर्वाचनपछि पार्टीको तर्फबाट प्रधानमन्त्रीका रुपमा अघि सार्नुपर्ने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा राखिएको छ।

विशेष महाधिवेशन सकिएको ८ दिनपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले उक्त प्रस्ताव राखेका हुन् ।

गगन यस पटक परम्परागत काठमाडौं क्षेत्र नम्बर ४ छोडेर सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको उम्मेदवार हुँदैछन् ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशन सकिएको ८ दिनपछि सानेपा छिरेका गगनलाई उनका सहयात्री विश्वप्रकाशले पार्टीमा भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका हुन् ।

उक्त प्रस्ताव राखेका विश्वप्रकाश आफैं भने यस पटक झापा क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा छैनन् । उनले लगातार तीन पटक उठेकाले यस पटक विश्राम लिएको बताएका छन् ।

यसअघि नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने प्रस्ताव गरिसकेका छन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ३ : ३३ बजे

शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको

ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र

जोशीको एकल चित्रकला प्रदर्शनी

काठमाडौं- ग्रामीण जनजीवनका दृश्य समेटेर चित्रकार सम्राट जोशीले एकल चित्रकला

बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी