गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव « Khabarhub

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको निर्वाचनपछि पार्टीको तर्फबाट प्रधानमन्त्रीका रुपमा अघि सार्नुपर्ने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा राखिएको छ।

विशेष महाधिवेशन सकिएको ८ दिनपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले उक्त प्रस्ताव राखेका हुन् ।

गगन यस पटक परम्परागत काठमाडौं क्षेत्र नम्बर ४ छोडेर सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाको उम्मेदवार हुँदैछन् ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशन सकिएको ८ दिनपछि सानेपा छिरेका गगनलाई उनका सहयात्री विश्वप्रकाशले पार्टीमा भावी प्रधानमन्त्रीका रुपमा अघि सारेका हुन् ।

उक्त प्रस्ताव राखेका विश्वप्रकाश आफैं भने यस पटक झापा क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा छैनन् । उनले लगातार तीन पटक उठेकाले यस पटक विश्राम लिएको बताएका छन् ।

यसअघि नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने प्रस्ताव गरिसकेका छन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ३ : ३३ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा