बिहेपछि नायिका पूजाको आइटम डान्स ! « Khabarhub

बिहेपछि नायिका पूजाको आइटम डान्स !


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म ‘कल्ली’को सुटिङ पूरा भएको छ ।

फिल्मका निर्माता किरण नेपालीका अनुसार चोभारमा सेट लगाएर दुई दिन खिचेपछि पूजाको आइटम डान्सको सुटिङ सकिएको हो । ६० दिनको तालिकामा छायाङ्कन पूरा भएको निर्माता नेपालीले बताए ।

पूजाले ‘क्या राम्री’ बोलको गीतमा आइटम डान्स गरेकी हुन् । पूजाले पहिलो पटक आइटम डान्स गरेकी हुन् ।

गत मंसिरमा विवाह गरेकी पूजा यही आइटम डान्सबाट फिल्मकर्ममा फर्किएकी हुन् ।

उनी भन्छिन्, ‘करिअरमै पहिलो पटक आइटम डान्स गरेकी छु । प्रतिक्रियाका लागि उत्साहित छु ।’

उनको आइटम डान्स भएको भिडियो चाँडै सार्वजनिक गर्ने तयारीमा निर्माण पक्ष रहेको छ । गीतमा गायक अशिष अविरल र गायिका मेलिना राईको स्वर रहेको छ ।

नायकहरु उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, नायिकाहरु बेनिशा हमाल र वर्षा राउत शीर्ष भूमिकामा रहेको यस फिल्मको छायाङ्कन जुम्लामा गरिएको छ ।

यो फिल्मको लेखक महेश दवाडी हुन् । प्रदर्शन मिति फागुन १ लाई तोकिएको छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ३ : ४५ बजे

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

पार्टीको घोषणापत्रमा ऊर्जालाई विशेष प्राथमिकता राख्न निजी क्षेत्रको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा विकासका

बाल सुधारगृहका समस्या समाधानका लागि गृहमन्त्री र बालबालिका मन्त्रीबीच छलफल

काठमाडौं– सानोठिमी भक्तपुरमा रहेको बाल सुधारगृहमा गए राति भएको झडपपछि बालगृहमा

शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको

ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र