टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित « Khabarhub

टी–२० विवादले भारतको ओलम्पिक सपना प्रभावित


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- आगामी महिनामा आयोजना हुने टी–२० क्रिकेट विश्वकपले विश्वव्यापी खेल आयोजकका रूपमा भारतको साख बलियो बनाउने र दीर्घकालीन ओलम्पिक महत्त्वाकांक्षालाई सहयोग गर्ने अपेक्षा गरिएको थियो । तर बङ्गलादेशसँगको कूटनीतिक विवाद, सुरक्षा बहस र राजनीतिक हस्तक्षेपका आरोपले प्रतियोगिताको तयारीलाई गम्भीर रूपमा प्रभावित बनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सुरक्षा चिन्ताका आधारमा आफ्ना खेल भारतबाट सह–आयोजक श्रीलङ्कामा सार्ने बङ्गलादेशको अनुरोध अस्वीकार गरेपछि प्रतियोगिता सुरु हुन दुई हप्ता मात्र बाँकी रहँदा बङ्गलादेश प्रभावकारी रूपमा बाहिरिन बाध्य भएको छ । बङ्गलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिनुल इस्लाम बुलबुलले ‘हाम्रो माग विश्वकप खेल्नु हो, तर भारतमा होइन’ भन्दै स्थल परिवर्तन नभए टोली सहभागी नहुने स्पष्ट पारेका छन् ।

भारत सन् २०३० को राष्ट्रमण्डल खेल अहमदाबादमा आयोजना गर्ने तयारीमा छ, जसलाई सन् २०३६ को ओलम्पिक आयोजना गर्ने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । तर विशेष गरी क्रिकेट लस एन्जलस २०२८ ओलम्पिकमा पुनः समावेश भएपछि टी–२० विश्वकपको अव्यवस्थित तयारी, तालिका ढिलाइ र बङ्गलादेशको बहिष्कारले ती महत्त्वाकांक्षामाथि प्रश्न उठाएको छ ।

विश्वकपको तालिका डिसेम्बरसम्म सार्वजनिक हुन सकेको थिएन । अब फेब्रुअरी ७ मा हुने उद्घाटन खेलअघि बङ्गलादेशको स्थानमा स्कटल्यान्डलाई सहभागी गराउने सम्भावना देखिएको छ । बुलबुलका अनुसार करिब २० करोड जनसङ्ख्या भएको क्रिकेट–प्रेमी राष्ट्र बङ्गलादेश बाहिरिएमा आईसीसीले ठूलो दर्शकवर्ग गुमाउनेछ ।

आईसीसीले भने बङ्गलादेशका खेल सार्न कुनै ‘विश्वसनीय वा प्रमाणित खतरा’ नदेखिएको र विश्व क्रिकेटको सामूहिक हितको रक्षा गर्ने प्रतिबद्धता जनाएको छ । तर विश्व क्रिकेटमा भारतको प्रभाव अत्यन्त बलियो छ । दक्षिण एसियामा विश्वका करिब ९० प्रतिशत क्रिकेट समर्थक रहेका छन् र भारतले विश्व क्रिकेट आम्दानीको करिब तीन चौथाइ हिस्सा उत्पादन गर्छ ।

खेल पत्रकारहरूले बीसीसीआईको विशाल राजस्व र प्रभावका कारण विश्व क्रिकेटमा भारतको प्रभुत्वलाई ‘चुनौती दिने कोही छैन’ भन्ने टिप्पणी गरेका छन् । आईसीसीका अध्यक्ष जय शाह भारतीय गृहमन्त्री अमित शाहका पुत्र हुनु पनि आलोचनाको विषय बनेको छ । यस विवादलाई धेरैले राजनीतिक मुद्दाका रूपमा हेरेका छन् । सन् २०२४ मा ढाकामा भएको जनआन्दोलनपछि भारत–बङ्गलादेश सम्बन्ध चिसिएको छ ।

यही पृष्ठभूमिमा आईपीएल टोली कोलकाता नाइट राइडर्सबाट बङ्गलादेशी बलर मुस्ताफिजुर रहमानलाई हटाइएको घटनाले ढाकामा थप आक्रोश पैदा गरेको थियो । बङ्गलादेशका अन्तरिम खेल सल्लाहकार आसिफ नजरुलले क्रिकेटमा ‘कसैको एकाधिकार हुनु नहुने’ बताउँदै आईसीसी साँच्चिकै विश्वव्यापी संस्था बन्न चाहन्छ भने बङ्गलादेशलाई श्रीलङ्कामा हुने टी–२० विश्वकपमा खेल्न दिनुपर्ने माग गरेका छन् ।

यसरी क्रिकेटमा बढ्दो राजनीतिक हस्तक्षेप र कूटनीतिक तनावले टी–२० विश्वकप मात्र नभई, भारतको दीर्घकालीन ओलम्पिक सपनामा समेत छायाँ पारेको विश्लेषकहरूको निष्कर्ष छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ४ : ५५ बजे

नवलपरासीमा रास्वपाका कार्यकर्ताले माओवादीका उम्मेदवार कुटेको आरोप

काठमाडौँ– नवलपरासी क्षेत्र नम्बर १ का नेकपा माओवादीका उम्मेदवारमाथि राष्ट्रिय

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध