ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी « Khabarhub

ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र दाहाल र सहसंयोजक दीपक कार्की र मेनुका काफ्लेलाई तोकिएको छ । 

गौरादहमा आज बसेका निर्वाचन क्षेत्र नं ५  समन्वय कमिटीको आजको बैठकले ५ सय १ सदस्यीय  निर्वाचन परिचालन समिति गठन गरेको केन्द्रीय सदस्य दीपक कार्कीले जानकारी दिए । कार्कीका अनुसार परिचालन कमिटी मातहत रहने गरी ९ वटा उपसमिति गठन गरिएको छ । 

कमिटीमा निर्वाचन क्षेत्रमा घर भएका केन्द्रीय कमिटी सदस्य,केन्द्रीय आयोग,केन्द्रीय विभाग (वर्तमान र निवर्तमान) हरूलाई जिम्मेवारी दिएको छ । कमिटीमा प्रदेश कमिटी सदस्य, प्रदेश लेखा कमिटी, विभाग र सल्लाहकारहरूलाई पनि परिचालन कमिटीमा समेटिएको छ । 

यसैगरी जिल्ला कमिटीका पदाधिकारी,विभागीय सदस्य,सल्लाहकार परिषद्का सदस्यहरू पनि निर्वाचन परिचालन कमिटीमा छन् । यसैगरी स्थानीय र प्रदेशका निर्वाचित जनप्रतिनिधि पनि कमिटीमा रहेका छन् ।

यसैगरी जनसंगठनका केन्द्रीय, प्रदेशका पालिका कमिटीका पदाधिकारी र सदस्य पनि परिचालन कमिटीमा रहेका छन् । 

यसैगरी क्षेत्रीय समन्वय,प्रदेश समन्वय कमिटीहरू  पनि निर्वाचन परिचालनमा केन्द्रित हुनेछन् । 

संयोजक दाहाल पार्टीको पोलिटव्यूरो सदस्य र पूर्वमन्त्री हुन् । उनी २०४८ साल देखि ओलीको चुनाव कमाण्डर हुन् । सहसंयोजक कार्की एमाले केन्द्रीय सदस्य हुन् । 

संविधान सभाका दुवै निर्वाचनमा तत्कालीन झापा क्षेत्र नं ६ मा कार्की विजयी थिए  । कार्की २०५४–०५९ सालमा गौरादह गाविसको अध्यक्ष थिए । अर्की सहसंयोजक काफ्ले पार्टी केन्द्रीय सदस्य एवं अनेम संघकी केन्द्रीय उपाध्यक्ष हुन् । उनी कमल गाउँपालिकाकी निवर्तमान अध्यक्ष पनि हुन् । 

‘हाम्रा चुनावी कमाण्डर र सह कमाण्डर विगतमा निर्वाचन रणनीति बनाउने र त्यसको सफल कार्यान्वयन गर्ने नेता हुनुहुन्छ’ पार्टीका क्षेत्रीय संयोजक एवं परिचालन कमिटीका सचिव  नारायण गौतमले भने ‘उहाँहरूको नेतृत्वमा पार्टीका सबै कमिटी,कार्यकर्ताहरू परिचालन हुन्छन् । अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन हामी सबै मतदाता केन्द्रित कार्यक्रम लिएर घरघरै जान्छौँ ।’

 निर्वाचन परिचालनका लागि  ६९ सदस्यीय सचिवालय गठन गरिएको छ । गौतमका अनुसार वडा तथा टोलसम्मका प्रचार समिति आगामी माघ १२ गतेसम्ममा गठन गरिसक्ने निर्णय गरिएको छ । 

परिचालन कमिटी अन्तरगत रहने गरी गठन गरिएका ९ वटा उपसमिति मध्ये कार्यालय सञ्चालन उपसमितिको संयोजक नारायण गौतम,प्रचार प्रसार सामग्री व्यवस्थापन उपसमिति होमबहादुर थापा,प्रचार प्रसार उपसमितिको संयोजकमा दीपक कार्की रहेका छन् । 

आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा रोमनाथ ओली, स्वयंसेवक परिचालन उपसमितिको संयोजक गोविन्द थापा,प्रशासन समन्वय उपसमितिको संयोजक देवेन्द्र दाहाल रहेका छन् । 

यसैगरी सञ्चार क्षेत्र बाहिर रहेका मतदाता समन्वय  उपसमितिको संयोजकमा इन्द्रप्रसाद भण्डारी,कानुनी परामर्श उपसमितिको संयोजक नारायण भट्टराई रहेका छन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ५ : १६ बजे

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च गुहारे रेशम चौधरीले

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके देशमा फेरि दुर्घटना हुन्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलियो राष्ट्रिय

सजिलो छैन प्रधानमन्त्रीका दुई उम्मेदवारको संसद् यात्रा

काठमाडौं- वरिष्ठ नेता बालेन्द्र साहलाई फागुन २१ को निर्वाचनपछिको प्रधानमन्त्री

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक