ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी « Khabarhub

ओलीका चुनावी कमान्डर देवेन्द्र दाहाल, बनाइयो ५ सय १ सदस्यीय कमिटी


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको संयोजक देवेन्द्र दाहाल र सहसंयोजक दीपक कार्की र मेनुका काफ्लेलाई तोकिएको छ । 

गौरादहमा आज बसेका निर्वाचन क्षेत्र नं ५  समन्वय कमिटीको आजको बैठकले ५ सय १ सदस्यीय  निर्वाचन परिचालन समिति गठन गरेको केन्द्रीय सदस्य दीपक कार्कीले जानकारी दिए । कार्कीका अनुसार परिचालन कमिटी मातहत रहने गरी ९ वटा उपसमिति गठन गरिएको छ । 

कमिटीमा निर्वाचन क्षेत्रमा घर भएका केन्द्रीय कमिटी सदस्य,केन्द्रीय आयोग,केन्द्रीय विभाग (वर्तमान र निवर्तमान) हरूलाई जिम्मेवारी दिएको छ । कमिटीमा प्रदेश कमिटी सदस्य, प्रदेश लेखा कमिटी, विभाग र सल्लाहकारहरूलाई पनि परिचालन कमिटीमा समेटिएको छ । 

यसैगरी जिल्ला कमिटीका पदाधिकारी,विभागीय सदस्य,सल्लाहकार परिषद्का सदस्यहरू पनि निर्वाचन परिचालन कमिटीमा छन् । यसैगरी स्थानीय र प्रदेशका निर्वाचित जनप्रतिनिधि पनि कमिटीमा रहेका छन् ।

यसैगरी जनसंगठनका केन्द्रीय, प्रदेशका पालिका कमिटीका पदाधिकारी र सदस्य पनि परिचालन कमिटीमा रहेका छन् । 

यसैगरी क्षेत्रीय समन्वय,प्रदेश समन्वय कमिटीहरू  पनि निर्वाचन परिचालनमा केन्द्रित हुनेछन् । 

संयोजक दाहाल पार्टीको पोलिटव्यूरो सदस्य र पूर्वमन्त्री हुन् । उनी २०४८ साल देखि ओलीको चुनाव कमाण्डर हुन् । सहसंयोजक कार्की एमाले केन्द्रीय सदस्य हुन् । 

संविधान सभाका दुवै निर्वाचनमा तत्कालीन झापा क्षेत्र नं ६ मा कार्की विजयी थिए  । कार्की २०५४–०५९ सालमा गौरादह गाविसको अध्यक्ष थिए । अर्की सहसंयोजक काफ्ले पार्टी केन्द्रीय सदस्य एवं अनेम संघकी केन्द्रीय उपाध्यक्ष हुन् । उनी कमल गाउँपालिकाकी निवर्तमान अध्यक्ष पनि हुन् । 

‘हाम्रा चुनावी कमाण्डर र सह कमाण्डर विगतमा निर्वाचन रणनीति बनाउने र त्यसको सफल कार्यान्वयन गर्ने नेता हुनुहुन्छ’ पार्टीका क्षेत्रीय संयोजक एवं परिचालन कमिटीका सचिव  नारायण गौतमले भने ‘उहाँहरूको नेतृत्वमा पार्टीका सबै कमिटी,कार्यकर्ताहरू परिचालन हुन्छन् । अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन हामी सबै मतदाता केन्द्रित कार्यक्रम लिएर घरघरै जान्छौँ ।’

 निर्वाचन परिचालनका लागि  ६९ सदस्यीय सचिवालय गठन गरिएको छ । गौतमका अनुसार वडा तथा टोलसम्मका प्रचार समिति आगामी माघ १२ गतेसम्ममा गठन गरिसक्ने निर्णय गरिएको छ । 

परिचालन कमिटी अन्तरगत रहने गरी गठन गरिएका ९ वटा उपसमिति मध्ये कार्यालय सञ्चालन उपसमितिको संयोजक नारायण गौतम,प्रचार प्रसार सामग्री व्यवस्थापन उपसमिति होमबहादुर थापा,प्रचार प्रसार उपसमितिको संयोजकमा दीपक कार्की रहेका छन् । 

आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा रोमनाथ ओली, स्वयंसेवक परिचालन उपसमितिको संयोजक गोविन्द थापा,प्रशासन समन्वय उपसमितिको संयोजक देवेन्द्र दाहाल रहेका छन् । 

यसैगरी सञ्चार क्षेत्र बाहिर रहेका मतदाता समन्वय  उपसमितिको संयोजकमा इन्द्रप्रसाद भण्डारी,कानुनी परामर्श उपसमितिको संयोजक नारायण भट्टराई रहेका छन् ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ५ : १६ बजे

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका

लगनखेलको न्हु पोखरीसँग पार्क बन्ने

ललितपुर- ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा