बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके देशमा फेरि दुर्घटना हुन्छ : प्रचण्ड « Khabarhub

बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके देशमा फेरि दुर्घटना हुन्छ : प्रचण्ड


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि दुर्घटना हुन सक्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा एमाले जिल्ला समिति ओखलढुंगाका नेताहरूलाई नेकपा प्रवेश गराउँदै प्रचण्डले अझै पनि देशमा पुरै दुर्घटना नटरेको भन्दै बलियो राष्ट्रिय शक्ति निर्माण गर्न नसके फेरि पनि दुर्घटना हुन सक्ने बताएका हुन् ।

उनले देशलाई फेरि अर्को अनिष्टमा जान नदिने जिम्मेवारी आफूहरूले लिएको भन्दै वामपन्थी, कम्युनिस्ट र राष्ट्रवादी शक्तिहरूलाई एकै ठाँउमा ल्याउने अभियानको सुरुवात गरेको धारणा राखे । राष्ट्र संकटमा रहेकाले वामपन्थीहरू एकताबद्ध हुन उनले आह्वान समेत गरे ।

त्यस्तै प्रचण्डले जेन-जी आन्दोलन र संसद् बिघटनपश्चात संसद् पुनर्स्थापना र सर्वपक्षीय सरकारको चर्चा चलेपछि आफूहरूले निर्वाचनमा नै जोड दिएको धारणा राखे । अहिले देश निर्वाचनमय भइसकेको उल्लेख गर्दै प्रचण्डले निर्वाचनमा नेकपा एक नम्बरको पार्टी हुने दाबी गरे । 

त्यसैगरि नेकपाका सह–संयोजक माधव कुमार नेपालले कम्युनिस्ट पार्टीमा धेरै विकृति र समस्या देखिएकाले त्यसलाई समाधान गर्नका लागि कम्युनिस्ट पार्टीहरू एकीकृत भएको बताए । 

गलत प्रवृत्ति र सोचसँग जुध्नका लागि पवित्र भावनाका साथ जनतामाझ जाने र जनताले नेकपालाई सबैभन्दा ठूलो पार्टीको रुपमा विजयी गराउने उनले बताए । 

कार्यक्रममा एमाले ओखलढुंगा जिल्ला कमिटीका अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमल न्यौपाने, अम्बिरबाबु गुरुङ लगायतका नेताहरूलाई नेकपा प्रवेश गराइएको थियो । 

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ६ : ३६ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका