सोमप्रसादले सुरु गरे चुनावी अभियान « Khabarhub

सोमप्रसादले सुरु गरे चुनावी अभियान


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार सोमप्रसाद पाण्डेले चुनावी अभियान सुरु गरेका छन् ।  

शुक्रबार सिद्धबाबा मन्दिरमा पुजाआजापछि पत्रकार सम्मेलनको आयोजना गरी पाण्डेले चुनावी अभियानको सुरुवात गरेको जानकारी दिए । 

यस पटक व्यक्तिगत रुपमा चुनावी मैदानमा होमिने इच्छा नभए पनि पाल्पावासीको आग्रहमा उम्मेदवार बनेको उनले बताए । 

पूर्वमन्त्रीसमेत रहेका पाण्डेले आफू सांसद मन्त्री हुँदा मात्रै नभई अन्य समयमा पनि पाल्पाको विकासका लागि निरन्तर प्रयत्न गरिरहेको बताए ।  पाण्डेले सिद्धबाबाको सुरुङमार्ग निर्माण गर्न आफूहरूले विशेष भूमिका निर्वाह गरेको दाबी गरे ।

यस्तै नेपाली कम्युनिष्ट पार्टी जेन-जीहरुले उठाएको देशमा सुशासन ल्याउनका लागि प्रतिबद्ध रहेकाले सबै जेन-जीहरुलाई पार्टीमा आउन समेत आग्रह समेत गरे । 

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ७ : १४ बजे

सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व

सिरहा – सिरहाका चारवटै निर्वाचन क्षेत्रमा आगामी प्र्रतिनिधिसभा निर्वाचनका लागि

कास्कीमा सबैको उम्मेदवारी कायम, स्वतन्त्रलाई चुनाव चिह्न प्रदान

गण्डकी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित