नक्कली कर्मचारी नियन्त्रणमा « Khabarhub

नक्कली कर्मचारी नियन्त्रणमा


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र देखाएर अन्य व्यक्तिको व्यक्तिगत तथ्याङ्क लिन खोज्ने नक्कली अधिकृतलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको छ । विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले उक्त व्यक्तिलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाएको जानकारी दिए ।

नक्कली परिचयपत्र देखाउने व्यक्ति तनहुँका कृष जिसी रहेका छन् । आफूलाई सक्कली अधिकृतको परिचय दिन आजको दिन उनी निजामती पोसाकमै आएका थिए । परिचयको क्रममा निजले आफू ब्याट–३७ को शाखा अधिकृत भएको र विगत चार महिनादेखि गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत भएको बताएका छन् ।

उनका अनुसार विगत सात महिनादेखि गृह मन्त्रालयको अधिकृतको नक्कली परिचयपत्र देखाइ उनले काठमाडौँको एउटा प्रतिष्ठित होटलसँग सम्पर्क बढाइएको बुझिन्छ । एक महिलाले होटलका व्यवसायीलाई ठगी गरेर फरार भएकाले होटलका बाउन्सरले गृहका तीनै नक्कली अधिकृतसँग पैसा असूली गरिदिन सहयोग मागेका थिए ।

नक्कली अधिकृत उक्त होटलका बाउन्सरलाई लिएर अध्यागमन विभागमा आएका थिए । उनले यसरी ठगी गर्ने महिलाको वैदेशिक भ्रमण रोक्का गरी अध्यागमनको कालोसूचीमा राखिदिने प्रलोभन देखाएका थिए । विभागमा उपस्थित भएपछि उक्त महिलाको नाम देखाएर निजको राहदानी र नागरिकताको प्रतिलिपि माग गरेका थिए ।

उनले निजलाई कालोसूचीमा राखिदिनसमेत अनुरोध गरेका थिए । नक्कली अधिकृतले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शाखा अधिकृतको परिचयपत्रसमेत लिएको खुलेको छ ।

अध्यागमन विभागको इन्टेलीजेन्स र प्रशासन शाखामा सम्पर्क गरेका निजको परिचयपत्रमा कर्मचारी सङ्केत नं अस्वाभाविक देखिएको थियो । निजसँग आएका होटलका बाउन्सरलाई भने अध्यागमन विभागले सामान्य सोधपुछ गरेर छाडेको प्रवक्ता ढकालले बताए ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ७ : ४० बजे

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट

प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार

काठमाडाैं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व

सिरहा – सिरहाका चारवटै निर्वाचन क्षेत्रमा आगामी प्र्रतिनिधिसभा निर्वाचनका लागि

कास्कीमा सबैको उम्मेदवारी कायम, स्वतन्त्रलाई चुनाव चिह्न प्रदान

गण्डकी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका