आज २०८२ साल फागुन ११ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन ११ गते सोमबारको राशिफल


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन ११ गते सोमबार फागुन शुक्ल पक्षको षष्ठी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी २३ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ । तपाईंको प्रशंसा हुनेछ । व्यापारमा फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने दिन छ ।

वृष : परिवारसँग बसेर रमाइलो गर्ने दिन छ । स्वास्थ्यमा समस्या हुनसक्छ । आलश्यता बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । साथीको साथ मिल्नेछ । पूर्वको लामो यात्रा नगर्नु उचित हुनेछ । सम्पत्तिलाई प्राथमिकता दिँदा स्वास्थ्यमा भने जोखिम बढ्नेछ ।

कर्कट : हरेक क्षेत्रमा सचेत हुनुपर्ने दिन छ । आफ्ना साथीबाट असहयोग हुनेछ । स्वास्थ्यमा भने सुधार हुनेछ दिन छ । परिवारसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने समय आएको छ ।

सिंह : शिक्षामा जोस र जाँगर बढ्नेछ । परिवारसँगको घुमघाम रमाइलो बन्नेछ । स्वास्थ्यमा सुधार हुँदा मनमा उत्साह बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । दिन रमाइलो बन्दा मन शान्त बन्नेछ।

कन्या : जिम्मेवारीका नाममा बोझ बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । थोरै बोलेर अगाडि बढ्नुपर्ने समय आएको छ ।  सहकार्य गरेर अगाडि बढेमा व्यापारबाट फाइदा हुनेछ ।

तुला : साथीसँगको सहकार्यले दिन सफल बन्नेछ । शिक्षा र स्वास्थ्यका लागि दिन राम्रो छ । परिवारसँग छलफल गरेर महत्त्वपूर्ण कामको सुरुवात गर्नु उचित हुनेछ । एकल निर्णयबाट घाटा हुनेछ ।

वृश्चिक : स्वास्थ्यमा सचेत बन्नुपर्नेछ । साथीभाइको साथ मिल्नेछ । सहयोगी साथीको बहुमतले काम बन्ने योग छ । परिवारमा कर्तव्य मात्र पूरा गर्नुपर्ने समय छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : मनमा उत्साह बढ्नेछ । उपचारमा भए स्वास्थ्यमा व्यापक सुधार हुनेछ । विपक्षीका विरोधी आवाज सुन्नुपर्ने हुनसक्छ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ ।

मकर : सञ्चित धन खर्च हुनेछ । पुराना मित्रसँगको भेटले नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । दान गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ ।

कुम्भ : आम्दानीका स्रोत पत्ता लाग्नेछन् । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । गुरुसँग नम्र भएर सहकार्य गर्दै अगाडि बढ्नुपर्ने समय छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा सफलता मिल्नेछ ।

मीन : दिन राम्रो छ । बौद्धिक साथीसँग थोरै बोल्नु उचित हुनेछ । सञ्चित धन खर्च हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ । 

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ५ : ३० बजे

डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ

सिरहा– सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न

धादिङ दुर्घटना अपडेट : यी हुन् पोखराबाट बसमा चढेका २८ यात्रु (सूची)

काठमाडौं – पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१

धादिङ दुर्घटनाको उद्धार सकियो : मृतक १८ जनामध्ये दुई विदेशी नागरिक

काठमाडौं – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी

धादिङ दुर्घटना अपडेट : मृतकको संख्या १८ पुग्यो, २५ जना घाइते

काठमाडौं – पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा

निर्वाचन १० दिन बाँकीः निर्वाचन प्रचारमा नजान जनप्रतिनिधिलाई आग्रह

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी