धादिङ बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाबाट दुःख व्यक्त « Khabarhub

धादिङ बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाबाट दुःख व्यक्त


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले धादिङमा गएराति भएको दुर्घटनाको खबरले आफू मर्माहत भएको बताएका छन् ।

थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनामा ज्यान गुमाएकाहरुको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौँदी नजिकै गएराति यात्रुवाहक बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। घटनामा २६ जना घाइते भएका छन् ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ ख १४२१ नम्बरको बस त्रिशूली नदी किनारमा खसेको थियो।

पोखरादेखि बस छुट्दा चालक, कर्मचारीसहित बसमा ३७ जना सवार थिए । बीच बाटोमा अन्य यात्रु पनि चढेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ८ : ५१ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य