दक्षिण अफ्रिकासँग भारत पराजित हुँदा बने यी सात रेकर्ड « Khabarhub

दक्षिण अफ्रिकासँग भारत पराजित हुँदा बने यी सात रेकर्ड


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- सन् २०२३ पछि पहिलो पटक आईसीसी इभेन्टमा भारत पराजित भएको छ।

अहमदाबादमा भारत सन् २०२३ पछि पहिलो पटक कुनै आईसीसी प्रतियोगितामा पराजित भएको हो।

टी–२० विश्वकपको सुपर–८ चरणमा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले हराउँदै १२ खेलदेखि जारी जितको शृंखलामा रोकेको हो। रनका आधारमा यो भारतको टी–२० अन्तर्राष्ट्रियमा दोस्रो सबैभन्दा ठूलो हार पनि हो।

प्रतियोगितामा उत्कृष्ट लयमा रहेका जसप्रीत बुमराहले ३ विकेट लिएर टी–२० विश्वकपमा भारतका लागि सर्वाधिक विकेट लिने कीर्तिमान आफ्नो नाममा लेखाए।

दक्षिण अफ्रिकाका डेभिड मिलरले ६३ रन बनाए। उनले २६ बलमै अर्धशतक पूरा गरेका थिए।

रेकर्ड

१. टी–२० विश्वकपमा भारतको सबैभन्दा ठूलो हार

यो हार टी–२० विश्वकप इतिहासमा रनको अन्तरका आधारमा भारतको सबैभन्दा ठूलो हार हो।

यसअघि सन् २०१० मा अस्ट्रेलियासँग ४९९ रन र २०१६ मा न्युजिल्यान्डसँग ४७ रनले भारत पराजित भएको थियो। समग्र टी–२० अन्तर्राष्ट्रियमा भने भारतको सबैभन्दा ठूलो हार २०१९ मा वेलिङ्टनमा न्युजिल्यान्डविरुद्ध ८० रनले भएको थियो।

२. टी–२० विश्वकपमा भारतको तेस्रो न्यून स्कोर

दक्षिण अफ्रिकाविरुद्ध १११ रनमा अलआउट हुनु भारतको टी–२० विश्वकप इतिहासकै तेस्रो सबैभन्दा कम स्कोर हो। सबैभन्दा कम स्कोर २०१६ मा न्युजिल्यान्डविरुद्ध ७९ रन थियो। २०२१ मा दुबईमा पनि न्युजिल्यान्डले भारतलाई ११०/७ मा रोकेको थियो।

३. २०२३ पछि पहिलो पटक आईसीसी इभेन्टमा हार

सन् २०२३ को एकदिवसीय विश्वकप फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि भारत आईसीसी प्रतियोगितामा लगातार १८ खेलसम्म अपराजित थियो। अहमदाबादमा दक्षिण अफ्रिकाविरुद्धको हारसँगै त्यो शृंखला टुटेको हो।

बहुराष्ट्रिय टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ हेर्दा २०२२ को टी–२० विश्वकप सेमिफाइनलमा इङ्ल्यान्डसँग पराजित भएपछि भारत पहिलो पटक हारेको हो।

त्यसअवधिमा भारतले २३ खेल खेलेको थियो, जसमा २१ जित (एक सुपर ओभरसहित), १ हार र १ खेल नतिजाविहीन रहेको थियो।

टी–२० विश्वकपमा पनि भारतको १२ लगातार जितको शृंखला यसै खेलसँगै अन्त्य भएको छ।

४. टी–२० विश्वकपमा सर्वाधिक विकेट लिने भारतीय

जसप्रीत बुमराह टी–२० विश्वकप इतिहासमा भारतका लागि सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। उनले ३३३केट लिएर अर्शदीप सिंह र रविचन्द्रन अश्विन (३२–३२ विकेट) लाई पछि पारे। हार्दिक पाण्ड्या २९ विकेटसहित चौथो र रवीन्द्र जडेजा २२ विकेटसहित पाँचौँ स्थानमा छन्।

५. लगातार सबैभन्दा बढी खेलमा विकेट लिने वरुण

वरुण चक्रवर्तीले टी–२० अन्तर्राष्ट्रियमा लगातार १८ पारीमा विकेट लिँदै नयाँ कीर्तिमान बनाए। उनले अर्शदीप सिंहको १७ पारीको कीर्तिमान तोडे।

यस सूचीमा आशीष नेहरा (१३) र वाशिङङ्गटन सुन्दर (११) पनि रहेका छन्। लगातार खेलमा विकेट लिने मामिलामा वरुण अहिले भारतका नम्बर–१ बनेका छन्।

६. भारतविरुद्ध सर्वाधिक छक्का प्रहार गर्ने मिलर

डेभिड मिलर भारतविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक छक्का प्रहार गर्ने ब्याटर बनेका छन्। उनले २६ पारिमा ३९ छक्का प्रहार गर्दै ग्लेन म्याक्सवेल (३८) लाई पछि पारे। निकोलस पूरन ३५ छक्कासहित तेस्रो स्थानमा छन्।

७. मिलरको २६ बलमा अर्धशतक

डेभिड मिलरले २६ बलमा अर्धशतक पूरा गर्दै भारतविरुद्ध चौथो सबैभन्दा छिटो अर्धशतक बनाएका छन्। उनीभन्दा अघि लिटन दास (२१ बल), हेनरिक क्लासेन (२३ बल) र ट्राभिस हेड (२४ बल) ले छिटो अर्धशतक बनाएका थिए।

रोचक कुरा, अघिल्ला तीनै खेलमा भारत विजयी भएको थियो, तर मिलरको अर्धशतक रहेको खेलमा भने भारत पराजित भयो।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १ : १९ बजे

गृहमन्त्री र संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकबीच सहकार्य बढाउनेबारे छलफल 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग संयुक्त राष्ट्रसङ्घ, नेपालका आवासीय संयोजक लिला

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

मलेखु– दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच

आणविक शक्ति थप सुदृढ पार्ने सङ्केत गर्दै किम जोङ उन पुनः वर्कर्स पार्टीको महासचिव चयन

प्योङयाङ- उत्तर कोरियाली नेता किम जोङ–उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा

भक्तपुर–२ मा रास्वपा उम्मेदवार खत्री घरदैलोमा व्यस्त

भक्तपुर– भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी