सर्लाही ४ का लागि गगनको प्रतिबद्धता पत्र : चुनाव जितेपछि थाल्नेछन् यी ९ विशेष अभियान « Khabarhub

सर्लाही ४ का लागि गगनको प्रतिबद्धता पत्र : चुनाव जितेपछि थाल्नेछन् यी ९ विशेष अभियान


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका रूपमा आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले ‘मेरो प्रतिज्ञा, मेरो अभियान’ शीर्षकमा विस्तृत कार्यक्रम पनि घोषणा गरेका छन्।

थापाले लोकतन्त्र, पहिचान र अधिकारका लागि भएका ऐतिहासिक आन्दोलनप्रति सम्मान व्यक्त गर्दै मधेशलाई राष्ट्रिय प्राथमिकताको केन्द्रमा राख्ने प्रतिबद्धता जनाएका छन्।

उनले सर्लाही–४ का ५१ वटै वडामा पुगेर समस्या र सम्भावनाको प्रत्यक्ष अध्ययन गरेको दाबी गरेका छन्। यो घोषणापत्रमा थापाले सर्लाही क्षेत्र नं. ४ का स्थानीय समस्या र सम्भावनालाई केन्द्रमा राखेर शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी, सीमा सुरक्षा, महिला तथा दलित उत्थान, सांस्कृतिक संरक्षण जस्ता क्षेत्रमा ठोस प्रतिबद्धता गरेका छन् ।

प्राथमिकतामा पूर्वाधार

थापाले सर्लाही ४ नम्बर क्षेत्रका अलपत्र पुल, डुबान समस्या, बाँध मर्मत, सिँचाइ, ढल निकास, खानेपानी, कृषि भण्डारण र ग्रामीण सडक सुधारलाई प्राथमिकतामा राख्ने बताएका छन्।

संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी अधुरा परियोजना पूरा गर्ने प्रतिबद्धता पनि थापाले गरेका छन् । उनले आफ्नो घोषणा पत्रमा ९ विशेष अभियान पनि चलाउने भएका छन् ।

१. गुणस्तरीय शिक्षा – ‘कापी कलम अभियान’

थापाले गणित, विज्ञान र अंग्रेजी शिक्षक व्यवस्थापन, प्रविधिमैत्री विद्यालय, विपन्न र दलित–मुस्लिम समुदायका विद्यार्थीलाई छात्रवृत्ति, मातृभाषामा शिक्षा र प्राविधिक शिक्षालय स्थापना गर्ने योजना अघि सारेका छन्। ‘सबल छोरी अभियान’मार्फत् छोरीको पढाइसँगै आयआर्जन पनि जोड्ने लक्ष्य उनले लिएका छन् ।

२. सुलभ स्वास्थ्य – ‘स्वस्थ नागरिक अभियान’

हरेक स्थानीय तहमा चिकित्सकसहित स्वास्थ्य प्रवर्द्धन केन्द्र, सर्पदंश र कालाजारको निःशुल्क उपचार, मोबाइल क्लिनिक, मृगौला उपचार केन्द्र र लागुऔषधविरुद्ध शून्य सहनशीलता नीति लागू गर्ने घोषणा गरेका थापाले छन्।

३. कृषि उत्थान ‘किसान गौरव अभियान’

थापाले उखु किसानको बक्यौता रकम भुक्तानीमा ध्यान दिने बताएका छन्। न्यूनतम् समर्थन मूल्य, शीतभण्डार, सिँचाइ विस्तार, डिजिटल मल ट्र्याकिङ, आपतकालीन मल भण्डार र मधेशमै मल कारखाना स्थापनाका लागि पहल गर्ने पनि उनले बताएका छन्।

४. प्राकृतिक स्रोत तथा विपद् व्यवस्थापन

बागमती र मनुस्मरा नदी नियन्त्रण, तटबन्ध निर्माण, बाँस रोपण, चुरे संरक्षण र अर्ली वार्निङ प्रणाली सञ्चालन गर्ने योजना पनि उनले सार्वजनिक गरेका छन्।

५. ‘मिसन रोजगारी अभियान’

सीप विकास मेला, रोजगार सूचना केन्द्र, बिनाधितो कर्जा, वैदेशिक रोजगार परामर्श सहायता, पुनर्स्थापना कार्यक्रम र युवा उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य पनि थापाले राखेका छन्।

६. ‘दशगजा उज्यालो अभियान’

सीमा क्षेत्रमा हाइ–मास्ट सौर्य बत्ती जडान, छोटी भन्सार आधुनिकीकरण र ‘सीमा गाउँ विकास प्याकेज’ लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

७. महिला तथा बालबालिका ‘मेरो आवाज, मेरो अधिकार’

२ प्रतिशत ब्याजदरमा महिला उद्यम कर्जा, दाइजो र बालविवाह विरुद्ध अभियान, पोषण कार्यक्रम र सुरक्षित आश्रय केन्द्र स्थापना गर्ने योजना पनि सभापति थापाले अघि सारेका छन्।

८. दलित अधिकार अभियान

भूमिहीन दलितलाई भूमि र आवास, छात्रवृत्ति, सीप विकास तालिम, बिनाधितो ऋण र सामाजिक विभेद विरुद्ध शून्य सहनशीलता नीति अपनाउने प्रतिबद्धता उनले जनाएका छन्।

९. ‘मेरो संस्कृति, मेरो पहिचान’

थापाले मैथिली–बज्जिका भाषा संरक्षण, मिथिला कला प्रवर्द्धन, सांस्कृतिक केन्द्र निर्माण, ऐतिहासिक स्थल संरक्षण र स्थानीय चाडपर्व प्रवर्द्धन गर्ने योजना सार्वजनिक गरेका छन्।

‘जनता दलान’ र स्याटेलाइट कार्यालय

उम्मेदवार थापाले सर्लाहीमा ‘जनता दलान’ नामक सांसद कार्यालय स्थापना गर्ने र काठमाडौंमा ‘स्याटेलाइट जनता दलान’ सञ्चालन गर्ने घोषणा गरेका छन्।

यसमार्फत् स्थानीय र काठमाडौं बसोबास गर्ने मतदाताका गुनासा प्रत्यक्ष सुनिने र समाधान प्रक्रिया अघि बढाइने उनले बताए।

थापाले आफूलाई ‘सेवक’का रूपमा प्रस्तुत गर्दै सर्लाही–४ लाई सुशासन र समुन्नतिको मार्गमा अघि बढाउने संकल्प दोहोर्‍याएका छन्। उनले मतदातासँग विश्वास, साथ र समर्थनको पनि अपील गरेका छन्।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ६ : ५९ बजे

इमान्दार नेता र नेतृत्वलाई मतदान गरौँ : पुष्पा भुसाल

ललितपुर- नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले उमेदवारको इमान्दारिता, योजना र

जनताले जे भन्छन्, त्यो मान्न तयार छौँ : रवि लामिछाने

हेटौँडा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब

प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई आयोगले भन्यो– चुनाव प्रचारमा सहभागी नहुनू

काठमाडौं- निर्वाचन आयोगले प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई उमेदवार वा राजनीतिक

स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाउन आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २१ मा

साम्बाबारे एन्फाले भन्यो : उपचारका लागि पहल भइरहेको छ

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी