साम्बाबारे एन्फाले भन्यो : उपचारका लागि पहल भइरहेको छ « Khabarhub

साम्बाबारे एन्फाले भन्यो : उपचारका लागि पहल भइरहेको छ


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा प्रति अखिल नेपाल फुटबल संघ (एन्फा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एन्फाले साम्बालाई नेपाली फुटबलको गौरव र धरोहरको रूपमा उल्लेख गर्दै उनको चोट र उपचारसम्बन्धी विषयमा आवश्यक पहल भइरहेको स्पष्ट पारेको छ।

एन्फाका अनुसार साम्बा हाल न्युजिल्याण्डको वेलिंग्टन फीनिक्स एफसीबाट अष्ट्रेलियन ए-लिगमा व्यावसायिक फुटबल खेलिरहेका बेला घुँडामा चोट लागेको थियो । अन्तर्राष्ट्रिय अभ्यासअनुसार व्यावसायिक क्लब फुटबलमा खेलाडी घाइते भए उपचारको जिम्मेवारी सम्बन्धित क्लबकै हुने प्रचलन रहेको एन्फाले जनाएको छ । तर साम्बाले न्युजिल्याण्डभन्दा कतारमा उपचार गराउने इच्छा व्यक्त गरेपछि एन्फाले यसका लागि सबै सम्भव पहल गरिरहेको जानकारी दिएको छ ।

एन्फाले साम्बाको उपचारका लागि कतार फुटबल संघसँग औपचारिक पत्राचार गरिसकेको र अध्यक्ष पंकज विक्रम नेम्वाङ्गले व्यक्तिगत तवरबाट पनि आवश्यक समन्वय तथा ताकेता गरिरहेको जनाएको छ । साथै साम्बाको आग्रहअनुसार परराष्ट्र मन्त्रालयमार्फत उपचारसम्बन्धी कूटनीतिक समन्वयका लागि पनि पत्राचार गरिएको एन्फाले स्पष्ट पारेको छ ।

संघले विगतमा राष्ट्रिय महिला खेलाडीहरू प्रिती राई, दीपा शाही, हिरा भुजेल, गीता राना, पुनम जर्घा मगर, रेनुका नगरकोटी र सविता राना मगरलगायतका खेलाडीहरूको सम्पूर्ण उपचार खर्च एन्फाले नै व्यहोरेको स्मरण गराउँदै ती खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरिरहेको जनाएको छ ।

एन्फाले साम्बाको क्लबसँग उपचारसम्बन्धी सम्झौता र व्यवस्थाबारे अध्ययन तथा छलफल गरी कुनै कमी नआउने सुनिश्चित गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै राष्ट्रिय टोलीकी कप्तानलाई परेको पीडामा एन्फा परिवार पूर्ण रूपमा साथमा रहेको र उनलाई यथाशीघ्र मैदानमा फर्काउन संघ प्रतिबद्ध रहेको जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ८ : ३२ बजे

पर्सनलाइज्ड एमआरएनए खोपले मेलानोमा क्यान्सर दोहोरिने वा मृत्यु हुने जोखिम ४२ प्रतिशत घटायो

काठमाडौँ– पर्सनलाइज्ड एमआरएनए क्यान्सर खोप र प्रतिरक्षा उपचार औषधिको संयुक्त प्रयोगले

नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ– काठमाडौंको नागढुंगाबाट १४.२८ ग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता

धनुषा– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत

कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७