टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित « Khabarhub

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । वेस्ट इन्डिजले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाब्वे १७.४ ओभरमा १४७ रन बनाउँदा अलआउट भयो ।

जिम्बाब्वेका लागि ब्राड इभान्सले सर्वाधिक ४३ रन बनाए ।आठौं नम्बरमा ब्याटिङ गर्न आएका इभान्सले विष्फोटक गरे । २० बलको सामना गरेका उनले २ चौका र ५ छक्का प्रहार गरे । यस्तै डायन मायर्सले २८ रन, सिकन्दर रजाले २७, तदिवानाशे मारुमानीले १५ र टोनी मुन्योंगाले १४ रन बनाए ।

वेस्ट इन्डिजका गुडाकेश मोतीले चार विकेट लिँदा अकिल होसेनले तीन, म्याथ्यू फोर्डले दुई तथा जेसन होल्डरले एक विकेट लिए ।

त्यसअघि मुम्बईको वानखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनाएको थियो । यो जारी विश्वकपकै सर्वाधिक उच्च स्कोर हो । यसअघि ओमानविरुद्धको खेलमा श्रीलंकाले २२५ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि शिमरोन हेटमायरले सर्वाधिक ८५ रन बनाए । ३४ बलका सामना गरेका उनले ७ चौका र ७ छक्का प्रहार गरे । रोभम्यान पावेलले ३५ बलमा ५९, रोमारियो शेफर्डले १० बलमा २१ रन बनाए । यस्तै कप्तान शाही होपले १४ रन बनाउँदा शेर्फेन रदरफोर्ड ३१ रनमा नटआउट रहे ।

जिम्बाब्बवेका लागि रिचर्ड न्गाराभा र ब्लेसिङ मुजरबानीले दुई दुई विकेट लिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ११ : १० बजे

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले