होर्मुज जलक्षेत्रमा जारी अवरोध अस्वीकार्य : प्रधानमन्त्री मोदी « Khabarhub

होर्मुज जलक्षेत्रमा जारी अवरोध अस्वीकार्य : प्रधानमन्त्री मोदी


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम एसियाको युद्धका कारण होर्मुजको जलडमरु (स्ट्रेट अफ होर्मुज) मा भइरहेको अवरोध भारतका लागि स्वीकार्य नहुने बताएका छन् । संसदलाई सम्बोधन गर्दै उनले यो मार्गबाट भारतमा ठूलो मात्रामा कच्चा तेल, ग्यास र मल भित्रिने भएकाले यसको सुरक्षा महत्वपूर्ण रहेको उल्लेख गरे ।

युद्ध सुरु भएदेखि यो जलक्षेत्रबाट जहाजहरूको आवतजावत निकै कठिन भएको भए पनि भारत सरकारले पेट्रोल, डिजेल र ग्यासको आपूर्तिमा असर पर्न नदिन हरसम्भव प्रयास गरिरहेको उनले जानकारी दिए । प्रधानमन्त्री मोदीले पश्चिम एसियाको वर्तमान अवस्था चिन्ताजनक रहेको बताउँदै त्यहाँ करिब १ करोड भारतीयहरू कार्यरत रहेको स्मरण गराए ।

उनका अनुसार युद्ध सुरु भएयता ३ लाख ७५ हजारभन्दा बढी भारतीय नागरिक स्वदेश फर्किसकेका छन् । जसमध्ये इरानबाट करिब १ हजार भारतीयहरू फर्किएका छन् । प्रधानमन्त्रीले विभिन्न देशका राष्ट्रप्रमुखहरूसँग निरन्तर संवाद गरिरहेको र संकटमा फसेका भारतीयहरूको उद्धारका लागि कूटनीतिक नियोगहरू सक्रिय रहेको बताए ।

भारतले आफ्नो एलपीजी ग्यासको ६० प्रतिशत आवश्यकता आयातबाटै पूरा गर्ने भएकाले सरकारले घरेलु उपभोक्तालाई प्राथमिकतामा राखेर उत्पादन बढाउन जोड दिएको छ । प्रधानमन्त्री मोदीले वार्ता र कूटनीतिबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिँदै व्यावसायिक जहाजहरूमाथिको आक्रमण तत्काल रोकिनुपर्ने माग गरे ।

उनले यो युद्धको असर लामो समयसम्म रहने भएकाले सबैलाई एकजुट हुन आग्रह गर्दै यस्तो अवस्थामा भ्रम फैलाउने तत्वहरूदेखि सतर्क रहन समेत सचेत गराए ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ३ : ५६ बजे

‘पर्याप्त जनचेतना नहुँदा नेपालमा क्षयरोगीको संख्या घट्न सकेन’

काठमाडौं– क्षयरोग नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा