तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला « Khabarhub

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको शव फेला परेको छ । आइतबार दिउँसो करिब २ बजेतिर पाल्पाको तिनाउ गाउँपालिका– ३, ड्यामसाइडनजिकै तिनाउ खोलामा नुहाउने क्रममा भारतबाट घुम्न आएका ७ जनामध्ये २ जना युवक बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार सोमबार बिहान साढे १० बजेतिर डुबेको स्थानबाट करिब १०० मिटर तल भारतको उत्तर प्रदेश मेधावल ठाकुरद्वार पञ्चायत वडा नम्बर १८ सन्तकवीरनगरका १७ वर्षीय अमान अन्सारीको शव फेला परेको थियो ।

त्यस्तै, सोमबार दिउसो ४ बजेतिर डुबेको स्थानबाट करिब २०० मिटर तल १७ वर्षकै मोहम्मद फहरान अन्सारीको शव फेला परेको प्रहरीले जनाएको छ । ड्यामसाइड क्षेत्रमा हरेक वर्ष नुहाउने, पौडी खेल्ने र सेल्फी खिच्ने क्रममा मानिसहरू डुबेर ज्यान गुमाउँदै आएका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १० : १२ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट