भारतको नवीकरणीय ऊर्जा क्षमतामा उल्लेख्य वृद्धि हुने « Khabarhub

भारतको नवीकरणीय ऊर्जा क्षमतामा उल्लेख्य वृद्धि हुने


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको ऊर्जा मन्त्रालयले आगामी एक दशकमा भारतको सौर्य ऊर्जा क्षमता चार गुणाले बढ्ने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा वायु ऊर्जाको क्षमता पनि तीन गुणाले वृद्धि हुने अपेक्षा गरिएको छ ।

केन्द्रीय विद्युत प्राधिकरणले राष्ट्रिय उत्पादन पर्याप्तता योजनामार्फत यो विवरण सार्वजनिक गरेको हो । नवीकरणीय ऊर्जामा हुने यो वृद्धिले कोइलामाथिको निर्भरता घटाउनेछ ।

हाल भारतको विद्युत उत्पादनमा कोइलाको हिस्सा ७० प्रतिशतभन्दा बढी छ । सन् २०३५-३६ सम्ममा यो घटेर ४९ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

सन् २०३५-३६ सम्ममा गैर-जीवाश्म इन्धनको कुल क्षमता ७८६ गिगावाट पुग्ने प्राधिकरणको अनुमान छ । यसमा सौर्य ऊर्जाको हिस्सा ६५ प्रतिशत रहनेछ ।

सोही अवधिमा आणविक ऊर्जाको क्षमता पनि तीन गुणाले बढेर २२ गिगावाट पुग्नेछ । ठूला जलविद्युत आयोजनाको क्षमता ५० प्रतिशतले बढेर ७७ गिगावाट पुग्ने प्रतिवेदनमा उल्लेख छ ।

सबैभन्दा ठूलो फड्को ‘पम्प स्टोरेज’ जलविद्युतमा देखिनेछ। यसको क्षमता १३ गुणाले बढेर ९४ गिगावाट पुग्ने प्रक्षेपण गरिएको छ। साथै ब्याट्री भण्डारण क्षमता पनि हालको नगन्य अवस्थाबाट बढेर ८० गिगावाट पुग्नेछ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १ : ५५ बजे

प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म

एक वर्षमा २० खर्ब ९६ अर्बको आयात, निर्यात तीन खर्ब नाघ्यो

काठमाडौं– गत आर्थिक वर्ष ०८२-८३ को १ वर्ष अवधिमा नेपालमा

टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने

काठमाडौं– काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र

नेपालले गुमायो पाचौँ विकेट, दीपेन्द्रसिंह ऐरी आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाचौँ विकेट

राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

काठमाडौं– कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् ।