काठमाडौँ – आज २०८३ साल वैशाख १० गते बिहीबार। वैशाख शुक्ल पक्षको सप्तमी तिथि । गङ्गा सप्तमी व्रत, विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस । तदनुसार सन् २०२६ अप्रिल २३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन सामान्य छ। साथीको सहयोग प्राप्त हुनेछ। धन र ज्ञान आर्जन गर्ने दिन छ। शिक्षामा गरेको लगानीले उत्साह बढाउने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षामा थप मिहिनेत आवश्यक देखिन्छ ।
वृष : दिन समान्य राम्रो छ। लामो समयदेखि रोकिएका काम बन्नेछन्। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। मिहिनेतको फल मिल्दा उत्साह बढ्नेछ ।
मिथुन : दिन धेरै राम्रो छ। लामो समयदेखि मिहिनेत गरेको काम सफल बन्नेछ। खानपानमा विशेष ख्याल गर्नु राम्रो हुन्छ। व्यवहार गर्दा चुनौतीको समाधान गर्नुपर्नेछ। तपाईंको सम्मान हुनेछ। शिक्षामा लगानी गरेको भए उत्साह बढ्नेछ। परिवारमा मेलमिलापको योग रहेको छ ।
कर्कट : दिन सामान्य छ। लगानी र श्रमबाट उचित फल प्राप्त हुनेछ। बोल्दा सोचेर बोल्नु राम्रो हुन्छ। स्वदेशको लगानीमा मन खुशी हुनेछ। विदेशको धनप्रति आकर्षण बढ्नेछ। परिवार र प्रेम सम्बन्ध सुखमय बन्नेछ।
सिंह : शुभ दिन छ। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ। पेट सम्बन्धी समस्या देखिने भएकाले खानपानमा विशेष ख्याल गर्नु राम्रो हुनेछ। लगानी भए व्यापारमा फाइदा हुनेछ।
कन्या : दिन राम्रो छ। शिक्षामा सफलता प्राप्त हुनेछ। व्यापारमा लाभ हुनेछ। सामाजिक सेवा र राजनीतिक क्षेत्रमा रुची बढ्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा फाइदा हुनेछ ।
तुला : आजका लागि तपाईंको दिन धेरै नै राम्रो छ। हरेक क्षेत्रमा उत्साह बढ्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। सन्तान सुख मिल्ने योग छ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीले उत्साह बढाउने छ। परिवारको साथ मिल्नेछ।
वृश्चिक : आज बौद्धिक व्यक्तिको साथ मिल्नेछ । शिक्षामा लगानी गरेको भए राम्रो नतिजा प्राप्त हुनेछ। स्वदेशमै गरेको श्रमले मनमा उत्साह थपिने छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।
धनु : दिन राम्रो छ। विद्या, बुद्धि र व्यापारको क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक लगानीबाट ठुलो उपलब्धि हात लाग्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा सुख र शान्ति रहने योग छ। मन खुशी हुनेछ।
मकर : आज जोगिएर काम गर्नुपर्ने दिन छ । सञ्चित धन खर्च हुनेछ। विरोध गर्नेहरु बढ्नेछन् । शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। मन शान्त पार्न धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ ।
कुम्भ : दिन राम्रो छ। कुनै काम गर्नु परेमा परिवारको साथ लिनु राम्रो हुन्छ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ। व्यापारमा नाफा आर्जन हुनेछ। व्यापारमा नाफा हुनेछ ।
मीन : तपाईंका लागि दिन खराब छ। लगानी नगर्नु उचित हुन्छ। हरेक क्षेत्रमा शंका बढ्ने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। खानपानमा सचेत नभएमा रोगको प्रकोप फैलिने खतरा छ। संकटमा परिवारको भने साथ र सहयोग प्राप्त हुनेछ।













प्रतिक्रिया