बलुचिस्तानमा आक्रमण, नौ जनाको मृत्यु, एक विदेशी कामदार अपहरण « Khabarhub

बलुचिस्तानमा आक्रमण, नौ जनाको मृत्यु, एक विदेशी कामदार अपहरण


१० बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको एक अन्वेषण तथा अनुसन्धान स्थलमा भएको आक्रमणमा नौ जनाको मृत्यु भएको छ भने एक विदेशी कामदार अपहरणमा परेका छन्।

सुरक्षा स्रोतका अनुसार चागी जिल्लास्थित नेसनल रिसोर्सेज लिमिटेडद्वारा सञ्चालित तामा र सुनको अन्वेषण स्थलमा बुधबार स्थानीय समय अनुसार साँझ करिब ७ बजे आक्रमण भएको हो।

आक्रमणकारीहरूले साना हतियार तथा अन्डर–ब्यारेल ग्रेनेड लन्चर प्रयोग गर्दै तोडफोड गर्नुका साथै इन्धन भण्डारणमा क्षति पुर्‍याएका छन्। उनीहरूले तीनवटा शिविरमा आगजनीसमेत गरेका छन्।

जबाफी कारबाहीमा एक जना आक्रमणकारी मारिएको जनाइएको छ भने अन्य आक्रमणकारीहरू घटनास्थलबाट भागेका छन्। सुरक्षा बलले क्षेत्रमा खोजी तथा अनुसन्धान अभियान सुरु गरेको छ।

मृतकमध्ये तीन जना निजी सुरक्षा गार्ड र छ जना मजदुर रहेका छन्। हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  १ : ११ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका