बलुचिस्तानमा आक्रमण, नौ जनाको मृत्यु, एक विदेशी कामदार अपहरण « Khabarhub

बलुचिस्तानमा आक्रमण, नौ जनाको मृत्यु, एक विदेशी कामदार अपहरण


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको एक अन्वेषण तथा अनुसन्धान स्थलमा भएको आक्रमणमा नौ जनाको मृत्यु भएको छ भने एक विदेशी कामदार अपहरणमा परेका छन्।

सुरक्षा स्रोतका अनुसार चागी जिल्लास्थित नेसनल रिसोर्सेज लिमिटेडद्वारा सञ्चालित तामा र सुनको अन्वेषण स्थलमा बुधबार स्थानीय समय अनुसार साँझ करिब ७ बजे आक्रमण भएको हो।

आक्रमणकारीहरूले साना हतियार तथा अन्डर–ब्यारेल ग्रेनेड लन्चर प्रयोग गर्दै तोडफोड गर्नुका साथै इन्धन भण्डारणमा क्षति पुर्‍याएका छन्। उनीहरूले तीनवटा शिविरमा आगजनीसमेत गरेका छन्।

जबाफी कारबाहीमा एक जना आक्रमणकारी मारिएको जनाइएको छ भने अन्य आक्रमणकारीहरू घटनास्थलबाट भागेका छन्। सुरक्षा बलले क्षेत्रमा खोजी तथा अनुसन्धान अभियान सुरु गरेको छ।

मृतकमध्ये तीन जना निजी सुरक्षा गार्ड र छ जना मजदुर रहेका छन्। हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  १ : ११ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण